सहवास गर्नु व्यायाम जत्तिकै फाइदाजनक

बुधबार, ०४ साउन २०७४

 

सहवास आनन्दका लागि मात्र होइन स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको पछिल्लो अध्ययनले देखाएको छ । अध्ययनबाट के पुष्टि भएको छ भने व्यायाम गर्दा सरीरलाई जति फाइदा हुन्छ सेक्सबाट पनि उत्ति नै फाइदा हुन्छ ।

सम्भोगका बेला एक सामान्य पुरुषले एक मिनेटमा ४.२ क्यालोरी तथा महिलाले ३.१ क्यालोरी उर्जा खपत गर्दछन् । लाइभ साइन्स मा छापिएको रिपोर्ट  अनुसार यौन सम्बन्धि अनुसन्धानकर्ता विलियम मास्टर तथा भर्जिनिया जोनसनले २१ जोडीमा यस्तो अध्ययन गरेका हुन् ।

 

सम्भोगका बेला महिला पुरुषमा मुटुको धड्कद प्रति मिनेट १ सय ८० सम्म पुग्ने गरेको छ । जबकी सामान्य खालको व्यायामका बेला मुटेको धड्कन ८५ देखि ११९ प्रतिमिनेट सम्म मात्र पुग्ने गर्छ । सेक्सका बेला हुने उर्जा खपत नाप्नका लागि शोधकर्ताहरुले यौनजोडीको हातमा विशेष उपकरण आर्मब्याण्ड लगाइदिएका थिए ।

अध्ययनमा संलग्न मानिसहरुलाई सेक्स गर्नुभन्दा पहिले एक महिनामा ४ पटक सम्म ३०-३० मिनेटको कडा व्यायाम गर्न लगाइएको थियो । त्यसपछि व्यायामका माध्यमबाट खपत हुने क्यालोरी तथा सम्भोगका बेला खपत हुने क्यालोरीबीच तुलना गरियो । एक जना पुरुषले एक पटकको सम्भोगमा औषतमा १०१ क्यालोरी उर्जा खपत गर्ने तथा महिलाले ६९ क्यालोरी उर्जा खपत गर्ने गरेका छन् । त्यसबाट शोधकर्ताहरुले निष्कर्ष निकाले की महिला र पुरुषले सम्भोग गर्दा कडा व्यायाम गरेजत्तिकै फाइदा उठाउँछन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

यौन सम्पर्कले महिलाको आयु बढाउने वैज्ञानिकको दावी

हप्ताको एकपटक यौन सम्पर्क गर्दा महिलाहरू दीर्घजीवी हुने तथ्यलाई हालै गरिएको एक अध्ययनले बाहिर ल्याएको छ । उक्त अध्ययनका अनुसार...

यसरी प्राप्त गर्न सकिन्छ यौन सुख, के छ प्राकक्रिडाको महत्व ?

धेरैजसोले भन्ने गर्छन्, यौनमा सन्तुष्ट पाइएन । कतिले ‘सिघ्रस्खलनको समस्या भएको’ बताउँछन्  । कोहि गुनासो गर्छन्, ‘मेरो पार्टनरलाई यौन सम्पर्कमा...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको