गर्भावस्था अघि र पछि महिलाले ध्यान दिनुपर्ने कुरा

मङ्गलबार, १९ पुष २०७३

 

नेपालमा प्रत्येक वर्ष ६ देखि सात लाख महिला गर्भवती हुने नेपाल सरकारको तथ्यांक छ । त्यसमध्ये ६० प्रतिशत योजनाबद्ध रूपमा गर्भवती हुन्छन् भने ४० प्रतिशत योजनाविना नै गर्भवती हुने गरेका छन् । योजना नै नबनाई गर्भवती भएका महिलामा पनि ५४ प्रतिशतले गर्भपतन गराउाछन् । यसरी योजनाविना नै गर्भवती हुादा धेरै युवतीमा अनावश्यक तनाव हुन जान्छ । साथै, यो अवस्थामा देखिने स्वाभाविक परिवर्तनदेखि लिएर कहिलेकाहीा हुने जटिल अवस्थाको विषयमा पनि उनीहरूलाई थाहा हुादैन । त्यसकारण योजनाबद्ध रूपमा गर्भधारण हुनु नै उपयुक्त हुने प्रसुती तथा स्त्रीरोग  प्रा.डा. जागेश्वर गौतम बताउाछन् ।

 

गर्भावस्थामा हुने परिवर्तन र जटिलता थाहा भएका युवतीहरूमा सो समयमा त्यति धेरै समस्या नपर्ने उनको भनाइ छ । ‘युवतीहरूलाई कहिलेकाहीा गर्भावस्थामा हुने सामान्य परिवर्तनका विषयमा पनि जानकारी हुादैन र धेरै आत्तिएको पाइन्छ,’ उनी भन्छ, ‘कहिलेकाही अज्ञानताकै कारण गर्भवती र बच्चाको अवस्था जटिल भइसक्दा पनि स्वास्थ्य संस्थामा गएको पाइादैन ।’

 

योजनाबद्ध रूपमा गर्भवती भएपछि पनि गर्भावस्थाको नियमित परीक्षण गर्नुपर्ने स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाल बताउाछिन् । ‘गर्भवती भएपछि कम्तीमा पनि चारपटक स्वास्थ्य संस्था गएर गर्भ जााच गराउनुपर्छ,’ उनी भन्छि, ‘अझ गर्भ असामान्य अवस्थामा छ या महिलामा विभिन्न किसिमका समस्या देखिएका छन् भने विशेष ख्याल गर्नुपर्ने हुन्छ ।’

 

गर्भवती हुने योजना बनाएपछि

- गर्भवती हुने प्रयास गर्ने वेलादेखि नै फोलिक एसिड चक्की लिने । यसले बच्चाका अंगहरूको विकासलाई सहयोग गर्छ ।

 

- गर्भाधान गर्नुअघि मधुमेह, उच्च रक्तचाप, दम, थाइराइड हार्मोन, छारेरोग, मुटुको रोग छ भने त्यस्ता रोगलाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।

 

- बारम्बार गर्भपतन भइरहने महिलाहरूले राम्रोसाग सबै कुराको जााच गराएर मात्र गर्भवती हुनु राम्रो हुन्छ।

 

गर्भावस्थामा हुनसक्ने सामान्य शारीरिक परिवर्तनहरू

- कमजोर महसुस हुने ।

- सामान्य टाउको दुख्ने ।

- सामान्य बमिट हुने ।

- ढाड दुख्ने ।

- खुट्टा सुन्निने ।

- खुट्टाका नसा सुन्निने ।

- सामान्य पेट दुख्ने ।

- पोतो आउने ।

- छाला चिल्लो र कलिलो हुने ।

(नोट यस्ता समस्या आफौ ठीक हुन्छ।)

 

गर्भावस्थाका असामान्य अवस्था
- योनीबाट पिसाबजस्तो पातलो पानी जानु ।
- रक्तश्राव हुनु ।
- लगातार टाउको दुखेमा, रिंगटा लागेमा, पिसाबको मात्रा कम हुनु ।
- बढी खोकी लाग्नु ।
- बच्चा नचलेमा या कम चलेमा (१२ घन्टामा कम्तीमा १० पटक चल्नुपर्छ)
- बच्चा तेर्सो या उल्टो बस्नु ।

 

गर्भवती भएपछि

- गर्भवती भएको थाहा पाउनासाथ स्वास्थ्य संस्थामा जाचाउने ।

- आफूखुसी औषधि सेवन नगर्ने ।

- सरसफाइमा विशेष ध्यान दिने ।

- घरमा बनाएको खाना मात्र खाने ।

- प्रत्येक दिन कम्तीमा दुई गिलास दूध, फलफूल, हरियो सागपात, उम्रेको गेडागुडी खाने।

- धेरै बेर खाली पेट नबस्ने, छिनछिनमा थोरै–थोरै खाइरहने ।

- धुम्रपान नगर्ने र अरूले गरेको स्थानमा पनि नबस्ने, मद्यपान नगर्ने ।

- गह्रुागो भारी नबोक्ने, सवारीसाधन आफौ नहााक्ने, लामो दूरीको यात्रा नगर्ने ।

- दिउासो कम्तीमा दुई घन्टा आराम गर्ने ।

- मानसिक तनाव नलिने ।

- सुत्दा सकेसम्म देब्रे कोल्टे फर्किएर सुत्ने ।

- लामो समय उभिएर काम नगर्ने, खुट्टा झुन्ड्याएर नबस्ने ।

- सुतेर उठ्दा पहिले कोल्टे फर्कने अनि मात्र उठ्ने ।

- सुरुको दुई महिना र अन्तिम महिनामा यौनसम्पर्क नराख्दा राम्रो हुन्छ ।

- गर्भावस्थाका कारण उच्च रक्तचाप वा मधुमेह देखापर्न सक्छ । थाइराइड हर्मोन कम भएका महिलाले थाइराइडको औषधि सेवन नगरेमा जन्मने बच्चा सुस्त मनस्थितिको हुनसक्छ ।

- बच्चा ठाउामा भए नभएको, राम्रो विकास भएरनभएको वा बच्चाको संख्या थाहा पाउन ६ देखि आठ हप्तामा अल्ट्रासाउन्ड जााच गराउनुपर्छ ।

- बच्चा अपांगता भएरनभएको हेर्न १८ देखि २० हप्तामा पुन अल्ट्रासाउन्ड गर्नुपर्छ ।

 

सुत्केरी भएपछि

- सफा लुगा लगाउने ।

- भित्री लुगा दैनिक दुई–तीनपटक फेर्ने ।

- सेनेटरी प्याडको प्रयोग गर्ने ।

- व्याक्तिगत सरसफाइमा ध्यान दिने ।

- बन्द कोठामा धुवाा आउने चिज नबाल्ने ।

- बच्चालाई दिने नियमित खोप दिने ।

- ३५ वर्षअगाडि नै उपयुक्त

 

महिलामा बच्चा बन्न चाहिने अन्डा हुन्छ । जुन अन्डासयमा रहेको हुन्छ । यो निश्चित समयसम्म हुन्छ । जब अन्डाहरू सिद्धिन्छन् महिलाको रजस्वला वा मासिक धर्मको चक्र सकिन्छ । प्राय यो चक्र ४७ वर्षको उमेर सेरोफेरोमा सकिने गरेको पाइन्छ । मासिक धर्म रोकिनु १० वर्षअगाडि नै महिलामा उर्वरता न्यून भइसकेको हुन्छ । कुनै–कुनै महिलामा करिब शून्यकै अवस्थामा पुगिसकेको हुन्छ । त्यसकारण महिला ३५ वर्ष कटेपछि बच्चा रहने सम्भावना कम हुन्छ । अन्डाको विकासमा कमी हुनुसागै उमेर बढ्दै जाादा देखिने शारीरिक समस्याले पनि असर गर्ने प्रा.डा. गौतम बताउछन् ।

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको