बैतडीका सबै स्थानीय तहमा स्वास्थ्यकर्मी खटाइयो

आइतबार, ०८ साउन २०७४

 

बैतडी,  बैतडीका सबै १० वटै स्थानीय तहमा जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले स्वास्थ्यकर्मीहरूलाई खटाएको छ । संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भइसकेकोले सबै गाउँपालिका तथा नगरपालिकामा स्वास्थ्यकर्मीहरू खटाइएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशन र स्थानीय तहमा प्रशासनिक संगठन तथा व्यवस्थापन सम्बन्धी आदेश, २०७४ बमोजिम जिल्ला स्वास्थ्य कार्यालय बैतडीले मातहतका २० जना स्वास्थ्यकर्मीलाई खटाइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिएका छन् ।

४ नगरपालिका र ६ गाउँपालिका गरी १० ओटै स्थानिय तह रहेको बैतडीमा हरेक तहका २/२ जना स्वास्थ्यकर्मी पठाएको उनले बताएका छन् । उनले भने–‘स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार छैटौ, सातौ र आठौं तहका कर्मचारीलाई खटाएका हौं’

जनतालाई छिटो छरितो र गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न, स्थानीय तहमा हुने स्वास्थ्य सम्बन्धि गतिविधि सञ्चालन तथा समन्वय गर्न, वडा गाउँ र नगर सभामा स्वास्थ्य सेवाबारे योजना बनाउन स्वास्थ्य कर्मचारीले जिम्मेवारी बहन गर्ने बताइएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको