डा. लामिछानेलाई स्वास्थ्य सेवाबाट हटाइयो

सोमबार, ०९ साउन २०७४

 

काठमाडौं- स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत आठौं तहमा कार्यरत डा. जीव प्रसाद लामिछानेलाई सेवाबाट हटाएको छ।

जनरल हेल्थ सर्भिसेज समूह अन्तर्गत गोरखाको मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्रमा पदाधिकार रहेका लामिछाने लामो समयसम्म कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले सेवाबाट हटाएको हो।

उनी २०६५ साल फागुन २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्। विदा पनि स्विकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै स्वास्थ्य सेवा ऐनको दफा ७४ अनुसार सेवाबाट हटाएको हो।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको