यस्ता छन् प्याजका ७ फाइदा

बिहिबार, १२ साउन २०७४

१.  प्याजमा प्रशस्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टीअक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ ।

२.  यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

३.  यसको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउँछ जसले मधुमेह रोगीका लागि लाभदायी हुनुका साथै मृगौला रोगीहरुका लागि पनि फाइदा गर्छ ।

४.  निन्द्रा नपर्ने ब्यक्तिहरुले प्याजको स्लाद बनाएर खानाले निन्द्रा लाग्न मद्दत गर्छ ।

५.  यसको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खातराबाट टाढा राख्नमा मद्दत गर्छ ।

६.  यसको सेवनले रुघाखोकी निको पार्नुका साथै मुखको दुर्गन्ध हटाउन, दाँत, गिँजा तथा मुखको संक्रमण हुनबाट बचाउँछ ।

७.  प्याजलाई पेस्ट बनाएर दहीमा मिलाई अनुहार तथा शरीरमा लगाउनाले अनुहार तथा शरीरमा भएका काला दागहरु हटानुका साथै प्याजको रसले कपडामा भएका दागहरु हटाउन पनि मद्दत गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको