माधुरी दीक्षितको जीवनमाथि अमेरिकन कमेडी सीरिज बनाउँदै प्रियंका

शनिबार, १४ साउन २०७४

 

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउडमा समेत चर्चा कमाइरहेकी छन् । अब प्रियंका चोपडा आफ्नो अर्को एक कदम बढाउँदै कमेडी सीरिज बनाउन लागिरहेकी छन् । जुन बलिउड सदावहार अभिनेत्री माधुरी दीक्षितको जिन्दगीमाथि यूएस नेटवर्क एबीसीका लागि हुनेछ । बलिउडकी रानी मानिने अभिनेत्री माधुरी दीक्षितका फ्यानका लागि यो खुशीको खबर हो कि नाम नतोकिएको सीरिजलाई प्रियंकाले तयार गर्दैछिन् ।

यस शो को लेखक श्री रावले ट्विटरमा माधुरी र प्रियंकाका साथ एक तस्बिर शेयर अपलोड गर्दै यस खबरलाई खुलासा गरेका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘अन्त्यमा, दुई हस्तीको साथ मेरो रोमाञ्चक नयाँ परियोजनालाई घोषणा गर्दा म एकदमै उत्साहित छु ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको