यी हुन् थकाइ कम गर्ने ५ तरिका

आइतबार, २४ पुष २०७३

 

१.  शरीरमा उर्जाको कमीले थकाइ महसुस हुन्छ । त्यसलाई कमगर्न प्रशस्त मात्रामा प्रोटीनयुक्त खाना खानु आवश्यक हुन्छ ।

 

२.  दिनभर थोरै थोरै पानी पिउनु तथा कुनै तरल पदार्थ पिउनाले शरीरका हानीकारक तत्व बाहिर निस्कन्छ र शरीरमा शक्ति पैदा हुन्छ । यसले थकाइ कम गर्न मद्दत गर्छ ।

 

३. प्रशस्त मात्रामा कार्बोहाइड्रेटयुक्त खानाको सेवन गर्नाले शरीरमा थकाइ महसुस कम हुन्छ । साथै मौसम अनुसारका फलफूल पनि सेवन गर्नु पर्छ ।

 

४.  दुधसंग मह मिलाएर पिउनाले शरीरमा शक्ति पैदा गर्छ र थकाइ लाग्नबाट बचाउँछ ।

 

५.  दैनिक रुपमा ७/८ घण्टा निदाउनु जरुरी हुन्छ । निन्द्राले शरीरलाई सक्रिय राख्न मद्दत गर्छ गर्छ र थकाइ लाग्नबाट जोगाउँछ । नियमित रुपमा सुत्नाले शरीरका हरेक भागहरुले आराम पाउँछन् र मस्तिष्कलाई पनि केही समयको बिश्राम मिल्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको