आज साँझ ५ बजेसम्म सबै विवरण बुझाउन देशैभरका सरकारी अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन : यस्तो छ उपत्यकाका अस्पतालको रिपोर्टिङ

मङ्गलबार, १७ साउन २०७४

 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशैभरीका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका चिकित्सक र भौतिक संरचनाको विवरण मागेका छन् । उनले हिजो देशैभरीका सबै सरकारी अस्पताललाई पठाएको लिखित निर्देशनमा आज साँझ ५ बजेसम्म सबै विवरण बुझाउन  निर्देशन दिएका हुन् । उनको निर्देशनअनुसार काठमाडौं, भक्तपुर र ललितपुरका अस्पतालको विवरण हिजो साँझै बुझाइएको छ । मन्त्री पोखरेलले  स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण, औषधीको अवस्था, फार्मेसीको अवस्था, भौतिक पूर्वाधारको अवस्थाको विवरण मागेका छन् ।  

 

सो विवरका आधारमा उनले एक साताभित्र स्वास्थ्य सुधारका योजना सार्वजनिक गर्ने कार्यक्रम छ । यस्तो छ उपत्यकाका अस्पतालको रिपोर्टिङः  काठमाडौं वीर अस्पतालमा अत्याधिक बिरामीको चाप ।  काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालय मातहतका स्वास्थ्य संस्थामा कर्मचारी धेरै,तर बिरामीको चाप शून्य ।  उपत्यकामा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधीको अभाव देखिएन ।  नौ सय भन्दा बढी स्वास्थ्य संस्थाले सञ्चालन अनुमती पाएको ।  काठमाडौ वरीपरीका पिएसीहरुमा आठजनासम्म छात्रवृत्तिका डाक्टर गएका, तर काम नपाएका । घर तलबभत्ता बुझेका ।  न्याम्सका कर्मचारीलाई काममा लगाउन गाह्रो । विशेषज्ञहरु नहुँदा स्वास्थ्य सेवा प्रभावित। हेपाटोलोजी, युरोलोजी,  न्युक्लियर मेडिसिनजस्ता रोगका विशेषज्ञको अभाव । 

 

भक्तपुर  भक्तपुर जिल्ल अस्पताल सामान्य सुधारतर्फ जाँदै ।  स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा भक्तपुर एक कदम अगाडी ।  भक्तपुर जिल्ला अस्पतालमा आईसीयु सञ्चालनका लागि जनशक्तिको अभाव ।  संक्रमणकालिन अवस्थाले गर्दा स्वास्थ्य संस्था नवीकरण, स्वीृतिजस्ता अन्य सिफारिस अन्यौलमा ।  ललितपुर  ललितपुरका स्वास्थ्य संस्था आर्थिक रुपले आफैं धान्ने अवस्था रहेको ।  केही कार्यालयमा कर्मचारीको अभाव । स्थानीयब तहमा स्वास्थ्यका कर्मचारी खटाइसकिएको ।  जिल्लाभर औषधि आपूर्तिमा  कुनै समस्या नरहेको । 

 

(आजको नयाँपत्रिका दैनिकबाट)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको