शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले बुधबारबाट ओपिडी सेवा नहेर्ने

मङ्गलबार, १७ साउन २०७४

 

काठमाडौं- शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले बुधबारदेखि ‌ओपिडी सेवाबाट अलग हुने निर्णय गरेका छन्। डा. गोविन्द केसीको अन्सन नवौं दिन वितिसक्दा पनि वार्ताबाट समस्या समाधान नगरेको भन्दै बाध्य भएर ओपिडी सेवाबाट अलग हुनेपरेको डा कस्चेभ श्रेष्ठले जानकारी दिए।

यस अगाडि आवासीय डाक्टरहरुले पाँचौं छैटौं दिनदेखि नै ओपिडी सेवाबाट अलग हुने गर्थे। डा केसीकै साल्लाहमा उनीहरु नवौं दिनसम्म प्रतीक्षा गरेको श्रेष्ठको भनाई छ।

'डा केसीको ज्यान पनि जोखिममा पर्ने स्थिति आयो। आफ्नो गुरुले जायज माग राखेर अन्सन बस्दा सरोकारवाला नियकायको उचित ध्यानाकर्षण नभएपछि बाध्यर आन्दोलन गर्नुपरेको हो,' डा श्रेष्ठले भने।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको