धर्तीको स्वर्ग बडीमालिका, कठिन तर रोमाञ्चक यात्रा

मङ्गलबार, २४ साउन २०७४

 

अछाम । ठाडो हेर्दैमा टोपी खस्ने भीर छ । त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेहरुको लस्कर रहरलाग्दो देखिन्छ । सिमसिमे झरी होस या मुसलधारे पानी ! त्यसैमा कठ्याग्रिदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई । एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्को्तिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन ! धार्मिक आस्था र प्राकृतिक सुन्दरताको वयान गरी नसक्नु छ बडीमालिकाको । सुदूरपश्चिमको अर्को सुन्दर गन्तव्य बडीमालिका जानेहरुको लस्करले यति खेर मालिका पुग्ने पहाडका बाटोहरु रङ्गी विरङ्गी देखिएका छन् ।

 

समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न सात दिनको पैदल यात्रामा हजारौ भक्तालुहरु यात्रामा निस्किएका छन् । झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह गर्दैनन् । १४ हजार फीट उचाईमा बडिमालिकाको यात्रालाई दुष्कर मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट भुलिने पुग्नेहरु बताउँछन् ।

Badi-Mailka_960-2
प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिका मेलालाई यो वर्ष भव्य र व्यवस्थित बनाइने भएको छ ।
भदौं २ गतेका दिन हुने बडीमालिका माईको पुजाको सम्पूर्ण तयारी पुरा हुने चरणमा पुगेएको छ । बर्षनी बाजुरा जिल्लाले बडिमालिका जाने तिर्थयात्रुका लागी सुरक्षा ब्यावस्थापन गदै आएको छ ।

Badi-Mailka_960-5

र सधैको जसरी यस बर्ष पनि बाजुरा प्रशासन कार्यालयले सुरक्षा टोली बडीमालिका पठाइसकेको छ । बाजुराका जिल्ला अधिकारी भोजरा श्रेष्ठले सुरक्षाका लागि सबै प्रवन्ध मिलाइएको जानकारी दिनुभयो । ‘ मेला अवधि भर मदिरा निशेष गरिएको छ वियषेश सुरक्षा टोली परिचालित छ श्रेष्ठले पत्रकार गोविन्द कुँवर सँग कुरा गर्नु भएको थियो । ‘बीचबाटोमा बास बस्ने र दर्शनगर्न जाने दर्शनार्थीले आपत परेको अवस्थामा जुनसुकै बेला पनि प्रहरीलाई खबर गर्न सकिनेछ । ’

जिल्ला प्रशासन बाजुरा र अरु सरकारी कार्यालयको टोली आइतबार बडीमालिका गएको छ । बडीमालिका जाने तिर्थथालुका लागि पनि बाजुरा जिल्ला विकास समितिले ठाउँ ठाउँमा शौचालयको पनि ब्यावस्था गरेको छ ।

aaaaaaaaaaaaaa

बाजुरा जिल्ला बाहेक अरु जिल्ला बाट बडिमालिका माईको दर्शन गर्न दर्शालु भक्तजन पुग्नेक्रम जारी छ । बडीमालिका माईको दर्शनका लागी देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट तिथार्लु पुग्ने गर्दछन् ।

काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । बडीमालिका माइको पूजा गर्दा र बर मागदा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ । जनैपुणिर्माका दिने गरिने पूजाका लागि १५ दिन अघि देखी नै तयारी गर्ने चलन छ ।

 

यसरी पुगिन्छ बडीमालिका
बडीमालीकाको सौन्दर्य नियाल्न त्यति सजिलो भने छैन । धनगढीबाट बसको यात्रा गर्नुपर्छ । दोस्रो दिन सिलगढीदेखि बाजुराको टिपरासम्म ५ घण्टाको जीप यात्रापछि जरङ्गामा बास बस्नु पर्दछ । र तेस्रो दिन करालीचौर हुँदै चौथो दिन बडिमालिकाको त्रिवेणी पुगीन्छ । र पाँचौं दिन बडिमालिका मन्दिर आफनो आरोहण गर्न सकिन्छ । बडीमालिका जान धेरै हिमालहरु ठुला ठुला पहाडमा चढेर जानु पर्दछ ।

उचाइमा भएका कारणले तिर्थयात्रुलाई र पर्यटकको यात्रा कठिन हुने गर्छ । कठिन यात्रा भएपनि रोमाञ्चक बन्ने गर्छ । जनै पूर्णिमा मेलामा अस्थायी पसलहरु हुन्छ । त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडीमालिकाको दर्शन गर्ने परमपरा छ । मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास रहि आएको छ ।

Badi-Mailka_960-11

भगवतिको दर्शनका लागि बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बझाङ्ग, दार्चला, कैलाली, कंचनपुर, मुगु, हुम्ला, कालीकोट, सुर्खेत लगाएत देशका विभिन्न ठाँउका दर्शनार्थीहरु आउने गर्दछन् । बडीमालिका भगवतिको दर्शन गर्नु पूर्व त्रिवेणी धामको पवित्र जलमा स्नान गरी ,पाप पखाल्ने र एक बास त्रिवेणी मै बसेर शुद्ध मन लिएर मात्र जाने चलन रहेको छ ।

बडीमालिकामाइको दर्शन गर्नाले मनले मागेको कुरा पुरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मीक विश्वास रहेको छ । जनैपूर्णिको अधिल्लो दिन चतुर्दशीका दिन बडिमालिका लगाएत जिल्लाका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाण्डौ, भवानीमाण्डौ लगाएतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकै साथ पुजा गरिने भएको हो ।

download (1)

तिर्थालुहरुले चोखो तेलमा मात्र पाकेका खानेकुरा खाई यात्रा अवधिभर आधा दिन ब्रत बस्ने र भगवती कै ध्यान गर्ने गर्दछन् । यो गर्दा ‘दुखिलाई सुख, निसन्तानीलाई सन्तान, अनि गरीबलाई धन’ लाभ हुने धार्मिक विश्वास छ । यहि विशेषता र आस्थाका कारण बडीमालिका भगवितको दर्शनका लागि बाजुराका मात्र नभई अन्य जिल्लाका भक्तजनहरुले आ आफ्नै विश्वास र आशा बोकेर आउने पुजारी भानुझक्त पाध्यायले बताए ।

यो क्षेत्रको धार्मिक महत्वमात्र नभई १४० भन्दा बढी जातका फूल, १३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना चराचराउनका लागि उपयुक्त रहेका २२ वटा घाँसे मैदान, तीन वटा नदिको संगम रहेको पवित्र धाम त्रिवेणी र दर्जैनौ देशका जिल्लाहरुलाई नियाल्न सकिने अग्गा अग्ला हिमश्रृखलाहरु बडीमालिकाका मन लोभ्याउने प्रमुख बिषेशता रहेका छन् ।

images

धार्मिक, ऐतिहासिक र पर्यटकिय महत्वको गहना बडीमालिका क्षेत्रको विकासका लागि सरकारी पहल भने अझै भएको पाइदैन् । २ वर्ष पहिले वन संरक्षित क्षेत्रको रुपमा घोषणा गरेपछि त्यसको कार्यान्वन भएको छैन् । यस वर्षको जनैपूर्णिमा विशेष महत्वका साथ मनाइने खबरसँगै दर्शनार्थिहरु पनि निकै उत्साहित छन् ।

सुख र खुसी प्राप्तीका लागि भन्दै दर्शनार्थीहरुले सुना चाँदी र अन्य बहुमुल्य गरगहना चढाउने गर्दछन, तर पनि ति समानको सरकारी ढुकुटीमा भने गएको देखिदैन । १४ हजार फिटभन्दा माथि रहेको बडीमालिका भगवतिको मन्दिरमा दर्शनार्थीहरुलाई बर्षा बाहेक अरु केही समस्या हालसम्म भएको छैन् । यहाँ बैशाख पूर्णिमा अर्थात गंगादशहराका बेला पनि पुजा लाग्ने र त्यस अवरमा नेपाली सेनाको विशिष्ठ अर्थात सरकारी अधिकारीबाट पुजा गर्ने गरिन्छ ।

 

मनमोहक फाँट
‘बडीमालिकाको सुन्दरताको वर्णन गरी नसक्नु छ, ‘खप्तडभन्दा सुन्दर रहेछ बडीमालिका ।’ अवलोकनबाट फर्केहरुको एकै स्वर सुनिन्छ । त्यति अग्लो भूमिमा दर्जनौं समथर फाँटहरु, ढपक्कै धर्ती ढाकेर फूल्ने फूलहरुले मन नलोभ्याउँछन् । हरिया पाटनमाथि सेताम्मे भेडाका बथानहरु, डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ ।

Badi-Mailka_640
मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा ठूलो छ । हरियाली फाँट, त्यसमाथि फुलेका रंगीबिरंगी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् । यहाँ डाँफेमुनाल कस्तुरी, मृग घोरललगायत चरा र जनावरहरू पाइन्छन् । बाजुरा जिल्लाको कैलाशमाण्डु गाविसमा पर्ने बडिमालिका धार्मिक रूपले पनि महत्वपूर्ण मानिन्छ ।

किम्वदन्तीअनुसार दक्ष प्रजापतिको यज्ञमा अर्धांगिनी सत्यदेवी होमिएर देहत्याग गरसिकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाँदा मल्लागिरी पर्वमा सत्यदेवीको बायाँ अंग झरेर पतन भएपछि मालिकादेवी उत्पत्ति भई बडीमालिका एक प्रमुख शक्तिपीठका रुपमा स्थापित भएको हो । यातायात र अन्य सुविधाको अभावका कारण यो असजिलो गन्तव्य हो ।

Badi-Mailka_640-2

धनगढीबाट अछामको साँफेबगर हुँदै बाजुराको शेराबजारसम्म गाडीको सुविधा छ । त्यहाँबाट पैदलयात्रा मार्फत बडिमालिका पुग्न सकिन्छ । यसैगरी हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी पुग्नुपर्छ भने मार्तडीबाट ३ दिनको उकालो हिँडेपछि मालिका पुगिन्छ । अग्लो स्थानमा रहेका कारण यहाँ चिसो हुन्छ । स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरू र ड्राइफुडसहितको भारी बोक्ने कष्ट भने गर्नैपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको