जहाँका विवाहित महिलाहरु ७ जना परपुरुषसँग संसर्ग गर्दछन्

सोमबार, २५ पुष २०७३

 

दुनियाँमा अनौठो परम्पराहरुको कमी छैन, जो सुन्दैमा तिनछक पर्नुको विकल्प रहँदैन । यसैमध्ये एउटा परम्परा छ, जहाँ विवाहित महिलाहरुले अपरिचित परपुरुषसँग शारीरिक सम्बन्ध कायम गर्नुपर्दछ । आखिर महिलाहरुले त्यसो किन गर्छन् ? कारण निकै नै रोचक छ ।

 

इण्डोनेसियाको बाली टापुमा हरेक वर्ष पान नामको पर्व मनाइन्छ । उक्त पर्वका बेला महिलाहरुले अपरिचित पुरुषहरुसँग यौन सम्पर्क गर्दछन् । उक्त परम्पराअनुसार अपरिचित व्यक्तिसँग सेक्स गर्नाले महिलाको मनको इच्छा पूरा हुन्छ र निजी जिवन तथा परिवारमा पनि खुसी प्राप्त हुन्छ ।

 

यो पर्व वर्षमा सात पटक मनाइन्छ । नियमअनुसार हरेक पटक महिलाले फरक-फरक अपरिचित पुरुषको खोजी गर्नुपर्छ र सेक्स गर्नुपर्छ । एकपटक यौन सम्पर्क गरेको पुरुषसँग पुनः यौन सम्पर्क गरेमा उनीहरुको मनोकांक्षा पूरा हुँदैन ।

 

यो परम्पराको पछाडि एउटा किम्बदन्ती छ । इण्डोनेसियाका एक युवा राजाको आफ्नै सौतेनी आमासँग अनैतकि सम्बन्ध थियो । सौतेनी आमासँग सेक्स गर्ने क्रममा उनको हत्या गरियो र उनलाई केमुकुस पर्वतको चुलीमा उनको अन्त्येष्टि गरियो । तत् पश्चात एउटा विश्वास कायम भयो र परम्परा नै बस्यो की जसले पर्वतको शिखरमा गएर सेक्स गर्दछ उसलाइ सौभाग्य प्राप्त हुन्छ ।

 

त्यसैले पान पर्व पनि सोही पर्वतमा मनाइन्छ । मानिसहरु उक्त पर्वतमा पुगेर विपरित लिंगीलाई आकषिर्त गर्ने प्रयास गर्दछन् र शारीरिक सम्बन्ध कायम गर्दछन् । नियमानुसार अपरिचित महिलासँग यौन सम्पर्क गरेबापत महिलालाई पुरुषले झण्डै एक हजार रुपैयाँ बराबरको रकम दिनुपर्दछ । तर यो पर्वमा पछिल्लो समयमा वेश्यावृत्ति मौलाएको छ । यौन सम्पर्क कायम गरेर पैसा कमाउनका लागि पर्वका दौरान पर्वतमा ठूलो संख्यामा वेश्याहरु पनी पुग्ने गरेका छन् । त्यसैले धेरै पुरुषहरु यौनरोगका सिकार पनि हुने गरेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको