रेसेपी-लसुन र प्याज बिना यसरी बनाउने स्वादिलो पनिर ग्रेभी

मङ्गलबार, २४ साउन २०७४

 

साउनमा धेरैले आफ्नो मेनुबाट माछामासु कटौती गर्छन् । कतिपयले प्याज, लसुन समेत सेवन गर्दैनन् । यस्तो अवस्थामा पनिरको परिकार राम्रो विकल्प हुनसक्छ । प्याज र लसुन प्रयोग नगरी तयार गरेको पनिर निकै स्वादिलो हुन्छ । यसलाई पकाउन सजिलो छ । र, छिटो पनि ।

 

आवश्यक सामग्री

 

पनिर- २ सय ग्राम (बर्गाकार काटेको)

बटर- एक ठूलो चम्चा

जीरा-चुट्कीभर

गोलभेडा- चार वटा मध्यम आकारको (काटेको)

ताजा क्रिम- चार कप

नुन- स्वादअनुसार

टमटर सस- २ ठूलो चम्चा

खुर्सानी पाउडर- १ चम्चा

पनिर मसला पाउडर- १ चम्चा

 

कसरी बनाउने ?

– कराही तताउने, त्यसमा बटर हाल्ने ।

– बटर पग्लिएपछि जीरा हाल्ने ।

– अब त्यसमाथि गोलभेडा हाल्ने र राम्ररी मिलाउने ।

– गोलभेडा उम्लिन थालेपछि त्यसमा क्रिम मिलाउने ।

– अब सस र नुन मिसाएर राम्ररी घोल्ने । त्यसलाई १० मिनेटसम्म पाक्न दिने । बेला बेला चलाउन भुल्न हुँदैन ।

– अब खोर्सानी पाउडर, पनिर मसला हालेर राम्ररी मिसाउने ।

– त्यसमाथि टुक्रा पारेको पनिर हाल्ने ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको