वर्षमा ७ पटकमात्र खाएर कसरी बाँचिरहेका छन् यी युवक ?

सोमबार, २५ पुष २०७३

 

हामी दिनहुँ कम्तीमा पनि तिन पटक खानेकुरा खान्छौँ । तर यो दुनियामा एकजना यस्ता युवक छन् जसले एक वर्षमा केवल ७ पटक मात्र खानेकुरा खान्छन्, र पनि स्वस्थ छन् ।

 

श्रीलंकाका किरबी डे लनेरोले नामका ती युवकले पछिल्लो पाँच वर्षयता वर्षेनी केवल ७ पटक मात्र भोजन गर्ने गरेका छन् । वर्षमा जम्मा ७ पटक खाएर पनि उनले आश्चर्यजनक रुपमा अरु स्वस्थ मानिसले झैँ कामकाज गर्न सकिरहेका छन् । यी युवक खानेकुरामा भन्दा हावा, पानी र सूर्यको प्रकाशमा बढि निर्भर छन्, जसका कारण उनलाई खानेकुराको खासै आवश्यकता पर्दैन ।

 

किरबीका अनुसार पछिल्लो १० महिनामा उनले केवल ६ वा ७ पटक मात्र खाना खाएका छन् । जबकि सामान्य व्यक्तिले यो अवधिमा ९ सय पटकसम्म खाना खान्छ । तर किरबी भने अरु मानिसले जस्तै खाना खाँदा बिरामी नै हुन्छन् वा धेरै खाना सहन सक्दैनन् । धेरै खाना खानाले उनको सरीर नै अस्वस्थ बन्दछ अरे ।

 

सूर्यबाट प्राप्त उर्जा नै आफ्नो लागि पर्याप्त हुने दाबी उनको छ । बोटविरुवाले झैँ सूर्यको प्रकाशबाट सरीरलाई चाहिने खाना प्राप्त गर्नसक्ने आफ्नो क्षमतालाई उनी भगवानको वरदान भन्छन् ।

 

डाक्टरहरुले समेत किरबीको यस्तो अवस्थाको बारेमा विभिन्न चिकित्सकीय परीक्षण गरिसकेका छन् । तर उनको सरीरमा कुनै असामान्य रोग फेला परेको छैन 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको