पूर्वप्रधानमन्त्री डा. भट्टराई अस्पतालबाट डिस्चार्ज,सरकारी सहयोग नलिने घोषणा

बुधबार, २५ साउन २०७४

 

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २० गते प्रोस्टेटको शल्यक्रिया पश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराईको स्वास्थ्यमा सुधार भएपछि बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनलार्ई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकको सल्लाह छ । उनको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।

 

अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए । उपचारमा संलग्न चिकित्सक र टोलीलाई विशेष धन्यवाद दिँदै शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैया“ खर्च लागेको र औषधीमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए ।

 

Source: नयाँ पत्रिका,


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको