बच्चालाई बदाम खुवाउनुहोस्, एलर्जीबाट बचाउनुहोस्

मङ्गलबार, २६ पुष २०७३

 

आफ्नो बच्चालई एलर्जी हुनबाट जोगाउनुछ भने उनीहरुलाई बदाम खुवाउनुहोस् । बच्चा चार महिनाको हुँदादेखि नै बदाम खुवाउनु पर्दछ । यसो गर्नाले बच्चा एलर्जीको चपेटामा आउँदैन । अमेरिकामा भएको पछिल्लो अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुका अनुसार बदामको सेवनले बच्चामा एलर्जीको आशंकालाई ८० प्रतिशतले कम गरिदिन्छ ।

 

अमेरिकाको द नेसनल इन्स्िटच्यूट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले यसलाई महत्वपूर्ण खोज भनेको छ । तर चार महिनाको बच्चालाई बदामको गेडा नै खुवाउनु भने हुँदैन । यसो गर्दा घाँटीमा अडि्कने खतरा हुन्छ । बदामलाई पिँधेर पेष्ट बनाएर खुवाउनु पर्दछ ।

 

अमेरिकामा एलर्जीको प्रकोप पछिल्लो समयमा बढ्दै गएको छ । सन् २००८ को तुलनामा एलर्जीको प्रकोप ४ गुणाले बढेकोछ । एलर्जीको प्रकोप पश्चिमा देशहरुमा जस्तै एसिया र अफ्रिकामा पनि बढिरहेको छ ।

 

बच्चालाई बदाम खुवाउँदा त्यसले एलर्जीबाट बचाउने कुरा अहिलेसम्म थाहा थिएन । उल्टै बदामले खोकी लगाउँदछ भन्ने मान्यताका कारण अभिभावकहरु आफ्ना साना बच्चालाई बदाम दिँदैनन् । ३ वर्षको भएपछि मात्र बच्चालाई बदाम खान दिनुपर्दछ भन्ने मान्यता रहेको छ ।

 

तर, पछिल्लो अध्ययनअनुसार अन्य खाले एलर्जीका साथै गम्भीर रुपको एलर्जी वा एक्जिमा भएका बच्चाहरुमा पनि चिकित्सा निगरानीसँगै बदामयुक्त खानेकुराहरु खुवाउनु पर्दछ । एलर्जीको समस्या नभएका बच्चालाई समेत बदामयुक्त खानेकुरा खुवाउनालेे एलर्जी रोकथाममा सहयोग गर्दछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको