बाढी पीडितलाई राहत संकलन अभियानमा नेफ्टा
बिहिबार, ०१ भदौ २०७४

काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा) बाढी पीडितलाई राहत संकलनमा जुटेको छ । बुधबार बागबजार कार्यालय अगाडिदेखि सुरु भएको अभियानमा प्राविधिकहरुको बाक्लो संख्यामा उपस्थित रहेको थियो।
चलचित्र विकास बोर्ड निवर्तमान अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता रमेश बुढाथोकी, नेफ्टा अध्यक्ष पुष्कर लामा सहभागि ¥यालीले बागबजार क्षेत्रमा राहत रकम संकलन गरेको थियो।
पहिलो दिन ३५ हजार रुपैयाँ संकलन भयो । संकलित रकमलाई प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा बचत गरिने अध्यक्ष लामाले बताए । ‘मानवीय विपतमा एकजुट हुन सिने प्राविधिक पनि सक्रिय हुन्छन् भन्ने सन्देश दिन हामीले अभियान थालेका हौं’ अध्यक्ष लामाले भने ।
यसैसाता तराईका २६ जिल्लामा आएको बाढीमा सयभन्दा बढीको मृत्यु भयो । सयौं घर डुबे र हजारौं विस्थापित भए । जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको सहकार्यमा नेफ्टा राहत अभियानमा जुटेको थियो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्