पहिचान हुन नसकेको रोगका कारण रुकुममा दुई सय बढी बिरामी
बिहिबार, ०१ भदौ २०७४

रुकुमको आठविसकोट नगरपालिका ३ खदीमा पहिचान हुन नसकेको रोगका कारण दुई सय बढी बिरामी परेका छन् । केही सातादेखि सर्वसाधारण धमाधम बिरामी परिरहेको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने जस्ता लक्षणहरु देखिएको छ ।
फरक लक्षणका बिरामीहरु दैंनिकजसो बढ्दै गएको प्रमुख केसीले बताउनुभयो । स्यालाखदी गाविसमा पर्ने सो ठाउँमा स्वास्थ्य चौकी पनि नरहेको तथा स्यालामा रहेको स्वास्थ्य चौकी पनि अनमीको भरमा चल्दै आएको केसीले बताउनुभयो । दैनिकजसो बिरामी बढ्दै गएपछि आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट दुई जना स्वास्थ्यकर्मी सहित औषधी पठाइएको छ ।
Source: Ekantipur
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्