सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काए

बिहिबार, ०१ भदौ २०७४

 

काठमाडौं, सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । करिब २ सय जना भन्दा बढिको संख्यामा रहेका सुस्ताबासीले पश्चिम गण्डक नहरका कारण डुबानमा परेको नहरको बाँध भत्काएका हुन् । हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो ।

नहरको बाँधका कारण डुवानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ र नहरमा पानी खस्न दिएको छैन । उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन् । झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८/१० मिटर बाँध भत्काइसकेका छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको