‘द बेस्ट फिफा फुटबल’ अवार्डका लागि २४ खेलाडीको नाम सार्वजनिक, को को परे सूचीमा ?

शुक्रबार, ०२ भदौ २०७४

 

एजेन्सी, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड द फिफा बेस्ट अवार्डका लागि २४ खेलाडीको नाम सार्वजनिक  गरेको छ ।

मनोनयनमा परेका खेलाडीहरुबाट उत्कृष्ट हुने एक जनाले आगामी अक्टोबर २३ मा लण्डनमा हुने कार्यक्रममा अवार्ड पाउनेछन्। त्यसअघि अगस्ट २१ देखि सेप्टेम्वर ७ सम्म भोट गर्न सकिनेछ। भोटिङपछि चारै विधाको अन्तिम ३ खेलाडी सार्वजनिक गरिनेछ। यी चार अवार्डसँगै फिफा पुस्कास अवार्ड, फिफा फ्यान अवार्ड र ब्राण्ड न्यु फिफा बेस्ट गोलकिपर अवार्ड पनि प्रदान गरिनेछ।

सन् २०१६ नोभेम्वर २० देखि जुलाई २ २०१७ सम्म खेलाडीले हात पारेको उपलब्धीलाई मुख्य आधार बनाएर खेलाडीको नाम मानिएको छ।

यी हुन् मनोनयनमा परेका २४ पुरुष खेलाडीहरु

पिएरे औबामेयाङ, लियोनार्डो बोनुची, जियानलुजी बफोन, ड्यानि कार्भाजल, क्रिस्टियानो रोनाल्डो, पाउलो डिबला, एन्टोनी ग्रीजमन, एडेन हाजार्ड, ज्लाटन इब्राहिमोभिच, आन्द्रेज इनेस्टा, ह्यारी केन, एन गोलो कान्टे, टोनी क्रुस, रोबर्ट लेवान्डास्की, मार्सेलो, लियोनल मेसी, लुका मोडरिच, केइलर नाभास, मानुएल नोए, नेमार, सर्गियो रामोस, एलेक्स सान्चेज, लुइस सुवारेज, अर्टुरो भिदाल


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको