सानिध्य (भाग–४)

शुक्रबार, ०२ भदौ २०७४

- माधब न्यौपाने
दाङ, हाल किर्तिपुर काठमाण्डौ

 

पछिल्लो अंक (भाग ३) को लागि यहाँ किलिक गर्नुहोस 

 

 

....... त्यो दिन घुमेर फर्केपछि कोठामै थिए । तर मन साह्रै वेचैन थियो । पछि के भयो होला ? उसले भने अनुसार त केटीसंग संवादको नाउमा Thank you र Welcome बाहेक केही नि भएको छैन । आखीर घुम्न गाकै भरमा एकछि देखेर कसरी मान्छे यस्तो प्रेममा पर्न सक्छ ? उसलाई त नाम समेत थाहा थिएन । यसो क्यालेन्डर तिर हेरे आज भर्खर २१ गते , अहो अव यसैको लागि ४ दिन कुर्न मैले ? यो कस्तो ब्यग्रता ? तर फोन गरेर अघि र्सान भन्न नि सकिन । कस्तो अचम्म एक बर्ष सम्म कतै नदेखेको फेरी उस्कै कोठामा ? कल्पना समेत गर्न नसकिने कुरा । को थिई त साच्चि केटि , मलाई उस्को बारेमा जान्ने छट्पटि लाग्यो सम्भव भए त देख्न पाय नि हुने उसकै प्रशंसा सुनेर म पनि देख्दै नदेखेको मान्छेको फ्यान भएको थिए तर आजको दिन मैले नाम सम्म थाहा पाएको थिए उस्को नाम ‘‘परु” रहेछ विकाशको पाखुरामा खोपेको ट्याटुबाट मैले ठम्याएको । विकाशले त भनेको सम्म पनि थिएन । के यसको जीवनमा अघि र पछि कोहि आयनन् त ? कि उ आफैले चाहिन ? एकोहोरो मायाँ पनि यसरी निरन्तर बग्न सम्भव छ त ? कस्तो गहिरो प्रेम । कति तिछ्ण प्रतिज्ञा ! कस्तो केन्द्रित चाहाना ? उ स्वयम यसका लागि शक्तिवान थियो वा मायाको शक्तिले यस्तो भयो ? जे होस उ खारिएको थियो । चोट हरुले निखारिएको थियो सबैभन्दा बढि त दृढ थियो । विस्मात अव मलाई हुन थाल्यो ‘‘परु” बसेकै गाडिमा सिट खालि भैदिएको भए कति राम्रो हुन्थ्यो ?


फर्कदा बोल्नी वाहाना पो मिल्थ्यो कि ? संयोग पनि कस्तो ? के समय नै दोषि हो त ? हो .... संगै भएको भए विकाशले पक्कै बोलाउथ्यो होला । आहाँ ! अति आनन्दित पल हुदो हो विकाश को लागि । कति खुसि मिल्दो हो २/४ शब्द र परिचय सम्म मात्र भएको भएपनि । म पो अत्तिनथाले छु ।  अनि विकाशको शालिनता सम्झीय र आफैमाथी किन्चीत हाँसो उठ्यो । तर सबैकुरा बुझ्न अझै ४ दिन बाँकी थियो मेरो कथा अपुरोनै थियो । जुन विकाशले वाहेक अरु कसैले पुरा गर्न सक्दैनथे  । आफ्नो वाल्यकाल सम्झीय कति सुन्दर पलहरु थिए ति । प्रविण भन्ने साथिले कक्षाको नविना लाई मनपराएको वेला हामिले जिस्काउदा त्यसको मुहार चाहि हेर्न लायक हुन्थ्यो । एकपटक त मैले नै प्रविणको  नाम राखी नविनालाई चिठी लेखी दिएको थिए । त्यतिवेला हामि ४ जना साथिको मिलोमतो थियो तर त्यो चिठी कृष्ण सरको हातमा नविनाले थमाइदिएपछि प्रविणको स्थीति त्यतिवेला मज्जाले हेरियो । तर त्यो पलले मलाई आज चिथोरी रहेछ । जव भर्खर विकाश संग छुट्टिएर आएको छु । त्यतिवेला प्रविणले पिटाई पनि खाएको थियो र घरमा पनि खवर गरिएको थियो । म अरु सोच्दीन दिमागमा यहि मात्र बिझाईरह्यो कि नविनाको नजरबाट गिर्दा  कस्तो महसुस भयो होला ? पछिका दिनहरुमा शिर उढाएर आखाँ जुधाउने साहश कसरी आओस । बाबुआमा, साथि भार्ई र शिक्षकहरुले विस्तारै भुल्दै गय तर प्रविणले नविनाको अगाडि भएको वेइज्जत कसरी सहन र बहन गर्योहोला । ग्लानी हुन थाल्यो मलाई । त्यतिवेला गरेको गल्तिको अहिले आहत । एक मनले प्रश्न तेर्छायो । त्यतिबेला प्रेम बुझिएको थिईन केटाकेटी पारामा फसादिने नियत मात्रको लागि गल्तिको भागिदार थियौं तर प्रेम बुझ्न थालेपछि आफुलाई अक्ष्म्य गल्ति गरेको दोषि करार गर्दै छु र गिर्दै छु आफ्नै नजरबाट । फेसबुक खोले र प्रविणको प्रोफाईमा गए.... विहे गरेर कोरिया गाको रहेछ । एउटा छोरा पनि भैसकेछ । नविना भन्दा पनि राम्री केटी रहिछ मनमनै मुस्कुराय फेरी सोचे के प्रविनले पनि नविना भन्दा अहिलेकैलाई राम्रो मान्छ त ? प्रश्न अनुत्तारित रह्यो । एक पक्षिय भएपनि प्रेम थियो, उस्को जिवनको चाहना थिई नविना त्यसैले मैले प्रेमलाई बुझेसम्म त नविना जति सुन्दर अव प्रविणलाई कुनै स्त्री लाग्ने छैन । यसरी नै बुझेको छु मैले प्रेमलाई । अनि म्यासेजमा ूक्यचचथ एबचदष्लू नविनालाई चिट्ठी लेख्दीने हामि ४ जना हौ भनेर सबैको नाम बकिदिएको थिय अनि फसाउने नियत, रमाइलो गर्नखोज्दा त्यो स्थीति आएको थियो” लेखेर पठाय । उ अनलाईन रहेछ रिप्लाई पनि तुरुन्तै आयो सङ्खा त लाग्याथियो तर.........

 

केहि छैन वितेको कुरो... भैगो छाडिदे बरु भन नयाँ खबर के छ ? मेरो मनमा विषाद पर्यो के साच्ची रिप्लाईमा जत्तिकै सहज रुपमा लियो होला त ? त्यो पल सम्झिदा पिडा हुदैन होला ? के अव उ हामिलाई पहिलेकै नजरले हेर्न सक्छ ? पहिलो प्रेम थियो उसको...! त्यो परिस्थतीसंग गुज्रिदाको पलले उसको मुटुमा घोच्दैन होला त ? म सोचमग्न थिए । धेरै अवेर भएछ घडि हेरेर थाहाँ भयो र जसोतसो निदाउने प्रयास गरे र केहीवेरमा निदायछु । दिनहरुविते २५ गते विहानै मेरो प्रतिक्षाको घडि समाप्त भयो उठेर फ्रेस भई साझको लागि निमन्त्रणा दिन फोन डायल गरे घण्टि गयो मेरो मनमा पनि खुसिका घण्टिहरु बजेका थिय किनकि मेरो प्रतिक्षा समाप्त हुदै थियो । फोन उठ्यो तर एउटा स्त्रीको आवाज थियो । हेलो....! विकाशजी को नम्बर होइन यो ? हो.. । खोइ उहालाई पाउ न । दादा हस्पिटल जानुभाको छ । Oh god...! कसलाई के भयो ? मम्मी विरामी हुनुहुन्छ अनि । हस्पिटलमा फोन गरौ न, नम्बर दिनुहोस । वहिनीले नम्बर भनिन मैले कपिमा टिपे ।  अव मेरो प्रतिक्षा पुरा नभएको भन्दा पनि विकाशलाई  परेको पिडाले पोल्न थाल्यो । भगवानले पनि  किन दुख दिनलाई उसैलाई मात्र चुन्छ ?  आफ्नो कथाको लागि भन्दा नी उसलाई सान्त्वना दिन फोन गरे फोनमा विकाश थियो । Hello...के छ , विकाश ? म ठिक छु , तर हजुरलाई चिनेन । म ‘‘माधव” कस्तो  छ अन्टिलाई ? ए अहिले केहि आराम छ सुधार हुदै छ । तत्कालै भन्यो जीवनको केही सेडुल हुदैन माधव जी  मैले पैलेनै भनेको थिए नि वाचा गर्दिन भनेर । उ भावुक थियो । कति सबैलाई सहजै बुझ्छ उ ? कसरि सहनसक्छ समयका सम्पुर्ण बज्रपातहरु, शालिनताका साथ । उ आफु पिडामा छ , परिवार दुखमा छ । म आफु नै उसको घाउ कोट्याउने जिद्धि गरेर पछि परेको छु । समयको लागि मै आत्तिएको छु तर सरी आज उसैले  भनेको छ । केहि छैन त्यो त जहिले भेटेनी हुन्छ हाल लाई मम्मिको ख्याल गर । अन्टिीको लागि स्वास्थ्य लाभको कामना गर्छु । Ok.. विकाश , फोन गर्दै गरौला, पछि भेटौला । Buy... see.. you, फोन कट्यो तर मेरो मनमा आधिवेहरी चल्न थाल्यो । जिन्दगीले उसैलाई गनिगनि चोट दिइरहेछ तर पनि उ अझै शान्त छ । मेरो ब्याकुलता झन बढ्दै थियो अव त गतेपनी फिक्स भएन एक हप्ता, १५ दिन, महिना कति लाग्ने हो ? तर धैर्य गर्नुको विकल्प थिएन । पढाई तिर ध्यान सकि नसकि खिच्नै पर्यो । १ महिना वित्यो एका विहानै फोन आयो । हेरे विकाशको रैछ, हराएका खुसिहरु विचवाटोमै भेटिएजस्तो सुखानुभुत भयो,  उठाए... हेलो... के छ ?  

म ठिक छु ।

कैले आयौं ?

३ दिन भयो ।

आज फुर्सद छ ?

छ भनौ ।

भेटौ न ?

हुन्छ ।

ल पक्का नि ?

उ हास्यो र फोन राख्यो ....... 

[क्रमश......]
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको