भारतको खतौलीमा रेल दुर्घटना,कम्तिमा २३ को मृत्यु,७२ जना गम्भीर घाइते
आइतबार, ०४ भदौ २०७४

भारतमा रेल दुर्घटना हुदा कम्तिमा २३ जना को मृत्यु भएको छ भने ७२ जना घाइते भएका छन् |
भारतको उत्तर प्रदेशको मुजफ्फरनगर नजिक खतौलीमा शनिबार ५:४५ बजे रेल दुर्घटना भएको हो | राजधानी दिल्लीबाट करिब सय किलोमिटर पर्ने खतौलीमा दुर्घटना भएको हो |
पुरीबाट हरिद्वारका लागि छुटेको कलिंग उत्कल एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । धेरै स्पिडमा कुदिरहेको रेल ट्रयाक बाट उछिट्टिएर अरुको घरमा ठोक्किएको थियो |रेलका १३ वटा डिब्बा शनिबार बेलुका लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफ्फरनगरका सरकारी अधिकारीले बताएका छन् ।
घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ । रेलका अरु झण्डै दुई हजार यात्रुलाई बसमार्फत गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ले दुर्घटनामा परि निधन भएका लाई प्रतिव्यक्ति ३ लाख ५० हजार दिने घोषणा गरेका छन् भने गम्भीर घाइते लाई जनही ५० जहर र साधारण घाइतेहरुलाई जनही २५ हजार दिने घोषणा गरेका छन् | रेल के कारणले दुर्घटना भयो अनुसन्धान हुदै छ |
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्