पुरुषलाई अरुभन्दा भिन्न देखाउन सहयोग गर्ने यी ८ स्टाइल ट्रिक्स

आइतबार, ११ भदौ २०७४

 

सुन्दर र स्टाइलिश देखिनु महिलाहरुको मात्र कपी राइट होइन, पुरुष पनि सुन्दर र स्टाइलिश देखिन सक्छन् । त्यसकारण आधुनिक पुरुष फेशियलदेखि वाक्सिङसम्म सबै गर्दछन् । आवश्यक परेको खण्डमा मेकअप पनि गर्न सक्छन् । तर यसका लागि अपडेट हुन र फेसनको सही जानकारी थाहा पाउन आवश्यक पर्छ । आज हामी तपाईंलाई अरुभन्दा भिन्न देखिने केही प्रभावकारी टिप्सबारे जानकारी दिँदैछौं ।

 

१. सुरुमा बडी टाइप थाहा पाउनुहोस्ः

स्टाइलिस म्यान बन्नका लागि तपाईंले आफ्नो बडी शेप अनुसार कपडा लगाउन आवश्यक हुन्छ । केही कुरा छान्नु पहिले महिलाजस्तै पुरुषले पनि उनीहरुको शरिरमा के सुहाउँछ, त्यो छान्न जान्नुपर्छ ।

 

२. इन्भर्टेड ट्रायंगलः

उनीहरुको शरिरको माथिल्लो भाग चौडा हुन्छ भने कम्मर र हिप माथिल्लो भागभन्दा सानो हुन्छ । त्यसकारण माथिल्लो भाग तल्लो भागभन्दा थोरै चौडा हुन्छ । यस्तो शरिर ती पुरुषको हुन्छ जसको शरिर एथलेटिक फ्रेमजस्तो हुन्छ अथवा जो बडि बिल्डिङ गर्दछन् । यस्ता शरिर हुनेहरुले हिप एरियालाई पकेट वा बेल्टले डिटेलिङ दिन सक्छन् । साथै, भी नेक टिसर्ट पनि राम्रो विकल्प हो किनभने यसले  मानिसको ध्यानलाई तल्लो भागमा केन्द्रीत गर्न सहयोग गर्दछ । ट्राउजरमा स्लिम कट र स्ट्रेट फिट राम्रो हुन्छ । याद राख्नुहोस्, तपाईंले मानिसको ध्यान शरिरको माथिल्लो भागबाट हटाउनुपर्छ त्यसकारण कलरका साथ स्ट्रक्चर ज्याकेट र स्कूपिङ नेकलाइन भएको टप्स नलगाउनुहोस् ।

 

३. रेक्टेंगल शेप्सः

यो बडी टाइप ती पुरुषको हुन्छ जसको काँध र कम्मरको चौडा बराबर हुन्छ । यस्ता पुरुषहरुले यस्तो ड्रेसअप गर्नुपर्छ जसले काँधलाई चौडा र कम्मर र हिप्सलाई थोरै साँघुरो देखाउँछ । यो शारिरिक रुपमा त सम्भव छैन तर केही कट्स र टाइप्सका कारण तपाईं यस्तो गर्न सक्नुहुन्छ । तपाईंले यस्तो ज्याकेट लगाउन सक्नुहुन्छ जुन काँधमा प्याडेड होस् वा अण्डरआर्मबाट साँधुरो देखिने होस् ।

 

४. ओभल सेपः

यी पुरुषको काँध सानो, मध्य ओभल र खुट्टा स्लिम हुन्छन् । यो श्रेणीमा आउने पुरुषले आफ्नो शरिरलाई लामो देखाएर आफूलाई स्लिम लुक दिनुपर्छ । साथै, काँधमा पनि ध्यान दिन आवश्यक हुन्छ । यसका लागि तपाईंले शरिरको लम्बाई मिल्ने भर्टिकल स्ट्राइप्स वा पिन स्ट्राइप्स छान्नुहोस् । गहिरो रङको टेक्चर छान्नुहोस् र फिट तर लूज टेपरड ट्राउजर छान्नुहोस् ता कि खुट्टा लामो देखियोस् । होरिजेन्टल स्ट्राइप्स वा स्टेटमेन्ट वा कलर्ड बेल्ट्स छोड्नुहोस् किनभने यी सबैले कम्मरतर्फ ध्यान खिच्ने गर्दछ जुन शरिरको सबैभन्दा फराकिलो केन्द्र हो ।

 

५. बडी मेकअपः

वास्तवमा महिलाभन्दा पुरुषलाई मेकअपको बढि आवश्यकता पर्छ । शरिरको छाला र लुकलाई उत्कृष्ट बनाउनका लागि तपाईं पनि स्पा, बडि मसाज, मेनिक्योर र पेडिक्योर गर्नुपर्छ ।

 

६. ट्रेन्डी ब्रासलेटः

ट्रेडी ब्रासलेट संसारभरीका पुरुषबिच चर्चित छ । स्टाइलिस पुरुषका लागि बजारमा विभिन्न एक्सेसरिज उपलब्ध छन् । लेदर कफदेखि वुडन बीड्ससम्म पुरुषका लागि विभिन्न विकल्प छन् जसमध्ये उनीहरु आफूलाई मन परेको ब्रासलेट छान्न सकून् । मेटल ब्रासलेट, नोटिकल ब्रासलेट तथा बिडेड ब्रासलेट पनि राम्रा विकल्प हुन् ।

 

७. हेयर ट्रिटमेन्टः

तपार्ईंको हेयरकट राम्रो देखिनका लागि कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेषगरी चायाँ र कपाल झर्ने समस्यालाई सुल्झाउनुहोस् । कपाललाई ओयल मसाज, हेयर स्पा र रेगुलर कट दिनुहोस् ।

 

८. जुत्ताः

कुनै मानिसलाई उनको जुत्ताबाट पहिचान गर्न सकिन्छ भनिन्छ । तपाईंको जुत्ताले तपाईंलाई भिन्न देखाउन निकै मद्दत गर्दछ । जुत्ताको छनोट कार्यक्रम अनुसार गर्नुहोस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको