महिलाको आङ खस्ने समस्याको कारण के ? यस्ता हुन्छन् लक्षणहरु
आइतबार, ११ भदौ २०७४

आङ खस्ने समस्या नेपाली महिलाहरुमा देखिने मुख्य समस्या हो । बालबिवाह,स्वास्थ्य संस्थाको पहुँच नहुनु, अशिक्षाको कमी अथवा धेरै सन्तान जन्माएका महिलाहरुमा – खस्ने समस्या देखा पर्दछ ।
आङ खस्ने अथवा पाठेघरको समस्याको सरकारले निशुल्क अप्रेशन पनि व्यवस्था मिलाएको छ ।
महिलाहरुको सानो पेटमा रहेको पिसाव थैली,पाठेघर वा दिसे आन्द्राले सामान्य अवस्थाबाट ठाँउ छोडेर योनीमा झर्नुलाई आङ खस्नु भनिन्छ । चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नुको मुख्य कारण भनेको सानो पेटका अङ्गहरुलाई अड्याइराख्ने मांसवपेशीलाई कमजोर भएर खुकुलो हुँदै जानु हो ।
आङ खस्ने समस्या सामाजिक कुराहरु पनि जोडिएका हुन्छन्
– सानो उमेरमा विवाह गर्नु
– सानो उमेरमा बच्चा जन्माउनु
– धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु
– दक्ष स्वास्थ्यकर्मीद्वारा सुत्केरी नगराउनु ,स्वास्थ्य सेवाको पहुच नहुनु
– लामो समय सम्म सुत्केरी ब्यथा लाग्नु
– सुत्केरी अवस्थामा प्रर्याप्त पोशिलो खाना र स्याहार नपुग्नु
– गह्रौ भारी बोक्नु
– टुक्रुक्क बसेर धेरे बेरसम्म काम गर्नु
– घाँस काट्ने ,पानी बोक्ने जस्ता काम गर्नु
– पेटको माथिबाट तललिर कसेर पोटुका बाँध्नु
– सुत्केरी आमालाई बारम्बार खोकी लागि रहनु
– कब्जीयत हुनु
– असुरक्षित गर्भपतन गराउनु
– सुत्केरी पछि आराम नपुग्नु
– वंषाणुगत
लक्षणहरु
–योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुनु,अप्ठारो महसुस हुनु
–खोक्दा भोरी बोक्दा डल्लो झन तल झर्ने
–तिग्राको बिचमा गह्रौ जस्तो हुदा हिड्न र काम गर्न अप्ठयारो हुने
–टुक्रुक्क बस्दा कठिनाई हुने
–दिसा पिसाब गर्न गाह्रो हुने
–छिन् छिन्मा पिसाव लागि रहने
–ढाड कम्बर तथा सानो पेट दुख्ने आदि आङ खस्ने रोगको लक्षणहरु हुन ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्