बलात्कारी बाबाका कारण आलिया भट्ट संकटमा

मङ्गलबार, १३ भदौ २०७४

 

बलात्कारी बाबालाई सजाय तोकिएका कारण बलिउड अभिनेत्री आलिया भट्ट समस्यामा परेकी छिन् । बमबमलाई शुक्रबार सिबिआइ अदालतले दोषी ठहर गरेकोमा सोमबारको इजलासले सजाय तोकेको थियो । शुक्रबार बाबालाई दोषी ठहर गरिएसँगै समर्थकले दंगा भड्काएपछि आलिया र अभिनेता विक्की कौशलको टिमलाई समस्या परेको हो । 

 

आलियासहितको टोली फिल्म राजीको सुटिङका लागि पटियाला गएका थिए । यही बीचमा दंगा सुरु भएपछि फिल्मको सुटिङ टिम त्यहीँ फसेको छ । दंगाका कारण उनीहरुको समय तालिका पनि बिग्रिएको छ । निर्देशक मेघना गुलजारले सुटिङ रोकेका छन् । २५ अगष्टदेखि सुटिङ गरिरहेका उनीहरुको १० सेप्टेम्बरसम्म सुटिङको कार्यक्रम थियो । अहिले फिल्मको पूरै टिम चण्डीगढ आएको छ । 



To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको