बालिकाको मृत्युपछि नर्भीक अस्पतालमा तनाव, आफन्तले फाइल नै खोसे

बुधबार, १४ भदौ २०७४

 

काठमाडौं, १६ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएपछि थालापलिस्थित नर्भीक इन्टरनेशनल अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापर्वाहीका कारण बालिकाको मृत्यु भएको भन्दै परिवारले प्रदर्शन गरेका छन् । 

 

बिहान करिव ११ बजे इमर्जेन्सीमा पुर्याइएपनि गम्भीर अवस्था भएकाले भिक्टोरिया आचार्यको केहीबेरमै मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाबाट ग्रसित बालिकालाई जटिल अवस्थामा अस्पाताल ल्याइएको अस्पतालका एकजना अधिकारीले बताए । उनले भने ‘४/५ दिन अन्य अस्पतालमा उपचार पछि जटिल अवस्थामा ल्याइएको थियो, भेन्टिलेटरमा लाने तयारी भइरहँदा बालिकाको मृत्यु भएको हो । 

 

आक्रोशित भीडले वार्ता गर्न मानेन अस्पतालले बालिकाको मृत्यु भएसँगै आक्रोशित बिरामीको भीडलाई नियन्त्रण गर्न छलफलका लागि आह्वान गरेपनि उनीहरुले अटेर गरेको अस्पतालले जनाएको छ । बिरामी पक्षलाई वार्ता गर्न आग्रह गरेपनि बच्चा मार्ने डाक्टरलाई पनि मार्ने र आफुपनि मर्ने भन्दै वार्तामा बस्न नमानेको अस्पतालले बताएको छ ।

 

बिरामीपक्षले बालिकाको उपचारसम्बन्धी फाइलहरु प्नि नियन्त्रणमा लिएको अस्पतालको दाबी छ । अस्पतालले यस विषयमा विस्तृत जानकारी विज्ञप्ति मार्फत जानकारी गराउने जनाएको छ ।
 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको