थाहा पाउनुस् किन लाग्छ खोकी

बिहिबार, २८ पुष २०७३

 

खोकी लाग्नु हामी धेरैमा प्राय देखिरहने स्वास्थ्य समस्या हो । खोकी आफैमा रोग नभएर विभिन्न रोगहरुको सुरुवाती लक्षण हो । खोकीलाई हामीले हल्का रुपले लिने गर्दछौ । तर कतिपय स्थितिमा भने खोकी हाम्रो छातीमा रहेको कुनै ठुलै रोगको लक्षण पनि हुन सक्छ । त्यसकारणले खोकीलाई सधै सामान्य रुपमा भने लिनु हुदैन । 

 

कसरी लाग्छ खोकी ?

श्वासप्रश्वासका केही मांसपेशीहरु खुम्चिनाले यसले यसले छाती भित्रको चाप बढाउँछ र सास फेर्ने नलिमा रहेको ग्लोटिस भनिने ढक्कन खुलाउँछ र हावा द्रूत गतिले बाहिर निस्कन्छ । यसरी मांसपेशी खुम्चाउने काम र छातीको चाप बढाउने काम भने श्वासप्रश्वास सम्बन्धि विभिन्न रोगहरुले गरिरहेका हुन्छन् ।

 

कुन कुन रोगमा देखिन्छ खोकी ?

श्वासप्रश्वास सम्बन्धि धेरै रोगहरुमा देखिने खोकी मुख्य गरि निम्न रोगहरुको लक्षण हुन सक्छन । श्वासप्रश्वास नलिको ब्याक्टेरियल वा भाइरल संक्रमण (जसलाई हामी बोलिचालीमा रुघाखोकी भन्छौ )

१. दम

२. क्षयरोग

३. निमोनिया

४. फोक्सोको क्यान्सर

५. कुनै वाहिरी बस्तु श्वासप्रश्वास नलिमा अड्किनु

६. धुवाँधुलो आदिको कारण

७. ग्यास्ट्राइटिस वा रिफ्लक्स डिजिज

 

 

केही औषधिहरुको साइड इफेक्ट खोकीका प्रकार

१ सुक्खा खोकीः खकार बिना आउने खोकीलाई सुख्खा खोकि भनिन्छ । 

२. खकार सहितको खोकीः  यस्तो खोकी प्राय ब्याक्टेरियाको संक्रमणहरुमा देखिन्छ ।

जस्तैः निमोनिया, क्षयरोग, ब्रोन्काइटिस आदि । कस्तो खोकीमा खतरा हुन सक्छ ? यदि खोकीको साथसाथै निम्न लक्षण देखिएमा तुरुन्त जाँच गराइहाल्नुपर्छ ।

१. खकारमा रगत आएमा

२. सास फेर्न गाह्रो भएमा

३. ज्वरो आएमा

४. छाती दुखेमा

५. तौल घटेमा

 

खोकीको जाँच कसरी गर्ने?

अस्पतालमा छातीको एक्स रे, खकार जाँच, रगत जाँच आदि गरेपछि खोकिको वास्तविक कारण पत्ता लाउन सकिन्छ । 

 

खोकीको उपचार कसरी गर्ने ?

खोकीको उपचार भन्दा अघि माथि उल्लेखित जाँचहरु गरेर के कारणले खोकी लागेको हो भन्ने थाहा पाउन जरुरी छ । खोकी दवाउने साधारण दवाइ मात्र खानाले केही समयसम्म खोकी निको भए नि पछि फेरि बल्झिन सक्छ । साथै सुख्खा खोकी र खकार आउने खोकीको औषधि पनि फरक हुन्छ । त्यसैले केही दिनसम्म पनि खोकी सन्चो नभएमा के कारणले खोकी लागेको हो पत्ता लगाउन जाँचहरुको निम्ति अस्पतालमा गएर चिकित्सकको सल्लाह अनुसारको औषधि सेवन गर्नुनै बुद्धिमानी हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको