फ्रुटीमा खानै नहुने कच्चा पदार्थ प्रयोग, उद्योगमा प्रहरीद्वारा शिल
बिहिबार, १५ भदौ २०७४

दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।
महाशाखाका अनुसार कम्पनीको गोदाममा झण्डै चार सय ड्रम मिति गुज्रेको म्याङ्गो पल्प भेटिएको छ । प्रतिड्रम दुई सय २३ केजी तौलको हुने उक्त ड्रममा रहेको पहेलो लेदोबाट नै फ्रुटी बनाइन्छ ।
महाशाखाका अनुसार सबैजसो ड्रममा रहेको पदार्थ मिति गुज्रेको छ र त्यसैलाई फ्रुटी बनाउन कम्पनीले प्रयोग गरिरहेको देखिन्छ ।
गत असारमा पनि आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले दुगडको गोदाममा सिलबन्दी गरेको थियो । सर्वसाधरणको गुनासोका आधारमा टोलीले उद्योगमा अनुगमन गर्दा फ्रुटीमा अखाद्य केमिकल जस्तो पदार्थ भेटेको थियो ।

To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्