के तपाइलाई धेरै रिस उठ्छ ? यसरी नियन्त्रण गर्नुहोस

शुक्रबार, १६ भदौ २०७४

 

के तपाईलाई रिस उठ्छ ? पक्कै पनि उठ्छ होला | संसारमा सायदै कोहि होला जसलाई रिस नउठोस् | रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो। यसले अरुलाई भन्दा पनि बढी आफैलाई हानी पुर्याउने गर्दछ | यसलाई नियन्त्रण गरिएन भने यसले अरूलाई होइन, आफैंलाई हानि पुर्‍याउन सक्छ।

 

के तपाइलाई थाहा छ रिसले उद्वेलित हुने वा एकदम झडंग रिसाउने जस्तो जुनसुकै व्यवहार पनि हाम्रो हृदयरोग र रक्तसञ्चार प्रणालीका निम्ति खतरनाक हुन्छ भन्ने ? हो अनुसन्धानकर्ताहरुका अनुसार रिसको हृदयाघात र पक्षाघातसँग परस्पर सम्बन्ध रहेको छ | आज हामी तपाईलाई यसैसम्बन्धि जानकारी दिने प्रयत्न गर्दैछौ |

 

रिस ज्यादै शक्तिशाली भाव हो । मानिस रिसाएको वेलामा आफुलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । रिसको झोकमा धेरै कुटपिट, हिंसा र हत्यासम्मका घटना हुने गरेका छन । कहिले काँही त कसरी धेरै यति ठूलो घटना भयो भन्नेसम्म पनि रिसाएको मानिसलाई थाहा पाउँदैन । रिसकै कारण पारिवारिक कलह, झगडा, वेमेल, पारपाचुके जस्ता परिमाण हुन्छ । झगडाको नकारात्मक असर बच्चाबच्चीमा समेत पर्छ ।

धेरै मानिसहरुलाई लाग्छ होला रिस त अलिकति हुनै पर्छ । रिस नै भएन भने अरूले हेपी हाल्छन नी । नेपाली समाजमा भनाई नै छ, रिस खा आफुलाई अर्थात रिसले सबैभन्दा बढी नोक्सान आफुलाई नै गर्छ भन्ने कुरा धेरैलाई थाहा छ । हामी रिसाउँदा खेरी हाम्रो मश्तिस्कबाट धेरै किसिमका रासायनिक तत्वहरु निस्कन्छन र त्यस्तै गरेर शरीरबाट एड्ररेनलीन र कर्टि«सोल जस्ता रासायनिक पदार्थहरु निस्कन्छन ।

यी पदार्थहरुले मुटुको धड्कन बढाउछन, रक्तचापलाई बढाउछन र शरीरलाई लड्न वा भाग्नको लागि तयार गर्छन । हजारौ वर्ष पहिले जब मानिसहरु जंगलमा बस्थे र जंगली जनावरको शिकार गरेर आफ्नो पेट भर्दथे त्यसवेला जनावरहरुसँग लड्न सक्थे, मार्न सक्थे वा ज्यान बचाएर भाग्न सक्ने क्षमताको वास्तविक आवश्यकता थियो ।

प्रकृतिले मानवलगायत सम्पूर्ण जीवहरुमा बाँच्ने आधारका लागि लड्ने वा भाग्ने व्यवस्था गरेको हुनुपर्छ । सभ्याताको विकाससंगै आजकल सामान्यतयः लड्ने वा भाग्ने अवस्था आउदैन तर रिसाएको बेलामा शरीरलाई लड्न वा भाग्न तयार पार्ने काम पहिले जस्तै नै हुन्छ । रिसाएको बेलामा निस्कने विभिन्न रासायनिक पदार्थहरु निस्कन्छन र तिनले नराम्रो असर पार्दछन ।

 

रिसका किसिमहरु

(१) कडा रिस

यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ ।

(२) आबेस

अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ ।

(३) प्यासिभ रिस

रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन ।

(४) आफैमा पोख्ने रिस

रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने ।

(५) सकारात्मक रिस

रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ । कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् । जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने ।

 

रिसले निम्त्याउने रोग

रिसले टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाको रोगहरु हुने वा लागु पदार्थ वा मद्यपानको सेवन जथाभावी गर्ने हुनसक्छ ।

 

रिसको व्यवस्थापन

रिसको व्यवस्थापन गर्नको लागि रिस कुन ठाउँवाट उठ्छ भन्ने जान्नु आवश्यक छ । लिम्बीक सिस्टमको एमिगडेला भन्ने ठाउँबाट रिस उठ्छ । एमिगडेलामा उठेको रिस ठिक होइन भन्ने सुझाव प्रिफ्रोन्टल कर्टेक्सले दिन्छ । रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने विचार मनमा ल्याउन सक्यो भने प्रिफ्रोन्टल कर्टेक्स एक्टीव हुन्छ र रिसलाई कट्रोल गर भन्ने निर्देशन एमिगडेलालाई दिन्छ । अर्थात रिस उठेको बेलामा मलाई रिस उठेको छ भन्ने याद गर्ने र ४/५ पटक लामो स्वास लिने र छोड्ने गर्ने वानी ग¥यो भने रिस कम भै हाल्छ । रिस कम हुनु भनेकै आफुलाई र अरुलाई हानी नोक्सानी हुने काम नगर्नु हो र आफुलाई लाग्न सक्ने विभिन्न रोगहरुबाट वच्ने राम्रो उपाए पनि हो ।

 

– डा. कपिलदेव उपाध्यय, वरिष्ठ मनो चिकित्सक तथा स्ट्रेस काउन्सेलर


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको