कपाल कलर गर्नुभएको छ ? अनुहारमा यस्तो असर पर्ला

शनिबार, १७ भदौ २०७४

 

काठमाडौं । आजभोली फेसनको ट्रेण्डलाई पछ्याउँदै युवा युवतीहरुमा कपाल रंगाउने क्रम बढ्दो छ । बाहिरबाट हेर्द जतिसुकै आकर्षक देखिएपनि कपालमा हालिएको कलरले विभिन्न असर पारेको कुरामा भने धेरै मानिस अनविज्ञ छन् ।

फुलेको कपाल कालो देखाउनमा होइन, सामान्य कपालमा पनि विभिन्न किसिमका रङ प्रयोग गरेर अरुभन्दा ‘एक्स्ट्रा’ देखिनेमा यस्ता रङले अल्पकालीन तथा दीर्घकालीन रुपमा पार्ने असरबारे कुनै जानकारी नहुने पाइएको छ ।

कपालमा कलर गर्दा त्यसको नराम्रो असर अनुहारमा पर्न जान्छ । जसले गर्दा अनुहार कालो हुँदै जान्छ । अनुहारको छाला कालो हुने सविभिन्न कारणमध्ये घाममा डढेर हुने कालोपना एउटा हो ।

त्यस्तै, विभिन्न किसिमका रसायन मिसाइएका क्रिम लगाउँदा आउने चायाँपोतोले पनि अनुहार कालो बनाउँछ । चोटपटक, हर्माेन गडबडी तथा थाइरोइडका कारण पनि अनुहारमा कालोपना देखिन सक्छ । अनुहारको छाला स्वाभाविक रङभन्दा फरक देखिएपछि मा त्यसलाई समस्याका  रुपमा लिनुपर्ने हुन्छ ।

सनस्क्रिन नलगाईकन घाममा धेरै बेर बस्दा अनुहारको छाला डढेर वा चायाँपोतोका कारण छाला कालो भएको हो की कपालमा प्रयोग गरिएको कलरका कारण छाला कालो भएको हो ? त्यो छालारोग विशेषज्ञले पत्ता लगाउन सक्छन् ।

कपालमा लगाइएको मेहेन्दी तथा कलर विस्तारै फिजिँदै अनुहार र घाँटीसम्म पुगेर छालाको रङ कालो हुने गर्छ । निरन्तर मेहेन्दी र रङ प्रयोग गर्नेमा यो समस्या बढी देखिन्छ । यस्तो समस्या लिएर आउनेमध्ये ब्युटिसियनहरु बढी छन् । उपचारका क्रममा सोध्दै जाँदमा उनीहरु वर्षौंदेखि कपालमा मेहेन्दी तथा कलर प्रयोग गर्ने गरेको ताउने गरेका छन् ।

अनुहारको साइड अर्थात् गालाबाट सुरु हुने कालोपन केही समयपछि पुरै अनुहारमा फैलिन्छ । कपालमा प्रयोग गरिने रङका कारण अनुहारमा देखिने कालेपन छाालाको भित्री तहम एकनासले फैलिएको हुन्छ । कतिपयले अनुहारमा आएको यस्तो समस्यालाई चायाँपोतो भनेर ठानेर गलत उपचार गराइरहेको पनि पाइन्छ ।

त्यसैले अनुहार पुरै ढाक्ने गरी कालोपना देखिएको छ भने छिटो भन्दा छिटो छालारोग विशेषज्ञलाई भेट्नुपर्छ । यसको उपचार लामो समय गर्नुपर्ने हुन्छ । कम्तीमा छ महिनादेखि डेढ वर्षसम्म उपचार गर्नुपर्ने हुन्छ । औषधी सेवन, केमिकल पिलिङ तथा लेजर गरेर यसको उपचार गर्नुपर्ने हुन्छ ।

 

Source: सम्पूर्ण साप्ताहिकबाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको