पोषण सुधारकालागि सबैको प्रयास अपरिहार्य

शुक्रबार, २९ पुष २०७३

 

प्रितमश्रेष्ठ
जिल्ला प्राबिधिक अधिकृत (पोषण),

FAO of the UN

 

सामान्यतया एउटा बच्चागर्भमाआएदेखि सो बच्चाजन्मेर दुई वर्षको पुग्दा सम्मदिनगन्तीगर्ने हो भने कुल १००० दिन पुग्छ । यस समयावधिलाई हामी सुनौलाहजार दिनभनि बुझदछौं । विश्व स्वास्थ्य संगठनका अनुसार यस समय भित्रबच्चाको ८० प्रतिशतशारीरिक र मानसिक वृद्वि र बिकास भैसकेको हुन्छ । नेपालजनसांख्यिकस्वास्थ्य सर्वेक्षण सन् २०११ काअनुसार नेपालकाबालबालिकाहरुहरु मध्ये ४१ प्रतिशत पुड्का, २९ प्रतिशतकमतौलका र ११ प्रतिशत ख्याउटे छन् ।जुन नेपालको जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।

 

आमाको दूधमाबच्चालाई आवश्यक सम्पुर्ण पौष्टिक तत्वहुनुका साथै ८८प्रतिशतपानीको मात्रापनिहुने भएको हुनाले ६ महिनासम्मबच्चालाई पानीपनिखुवाउनु हुदैन । अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने, राम्रोसंग स्तनपान गराईएमाशिशु मृत्युदरमा २५ प्रतिशतले कमीआएको छ । बच्चा ६ महिना पुरा भएपछि आमाको दूध सगसँगै थपखानाको रुपमा हरेक दिनको खानामाअन्न, गेडागुडी, सागपात र पशुजन्यखानाखुवाउन सकेमाबच्चालाई निरोगी राख्न सकिन्छ । घरघरबाट शहरका डेरीहरुमापुग्ने गाईभैसीकादूध र हामीले घरमापालेको खसी, कुखुरा र माछा लगायतपशुजन्यखानाखुवाउन सकेमाहामीभन्दा पछिका सन्ततीहरुमापोषणको स्थिति सुधार आउनुका साथै एउटा समृद्व नेपालको परिकल्पना सहजै अनुमानगर्न सकिन्छ । 

 

कुपोषणबाट बच्नकालागि पूर्ण स्तनपान र थपखानामात्रनभईमातृ तथाशिशु स्याहार, स्वास्थ्य, सरसफाई,खाद्य सुरक्षाहुनु त्यति नै जरुरी छ ।खाद्य सुरक्षाहुनकालागिखानाको उपलव्धताहुनुको साथसाथै त्यसमापहँुच र उपभोग हुनु पर्दछ साथै खानाको स्थिरता हुनु जरुरी छ । खाद्य सुरक्षाभएर मात्रपोषण सुरक्षाहुन सक्दैन । पोषण सुरक्षाहुनकालागिखाद्य सुरक्षाको साथै गुणस्तरीय स्याहार र स्वस्थकर वातावरण अनि स्वास्थ्य सेवाहरुको पहँुचपनिहुनु पर्दछ । एउटा बच्चा सुपोषित होस भन्नाकालागिशिशु जन्मेदेखी सो शिशु हुर्कदै किशोरी हुदै गर्भवतीभएर सुत्केरी हुदा सम्मउचितखानपान स्वास्थ्य सेवा स्याहार र हेरचाहको जरुरी हुन्छ ।

 

पोषण सुधारकालागिदुईकिसिमकाकार्यक्रमहरुहुनु अतिनै जरुरी हुने गर्दछ,त्यो हो पोषण लक्षितकार्यक्रम र पोषणसंवेदनशीलकार्यक्रम।पोषण लक्षितकार्यक्रमभन्नाले स्तनपान,पुरक खाना,जुकाको औषधी,आइरन चक्कीवितरण,भिटामिन ए चक्कीवितरण,कुपोषण व्यवस्थापन,क्यालसियमवितरण, आकस्मिकअवस्थाकालागिपोषण,किशोरी तथागर्भपूर्वकोअवस्था र मातृस्वास्थ्यतथापोषणआदिलाई बुझिन्छ । यस्ता पोषण लक्षितकार्यक्रमहरु स्वास्थ्य क्षेत्रबाट निरन्तर सञ्चालनभइरहेकै छन् । यस्ता पोषण लक्षितकार्यक्रमहरुले महिलातथाबालबालिकाको पोषण स्थिती सुधार्न केहीहदसम्म सम्भवभएपनिआजको दिनमा यस्ता कार्यक्रमका साथैपोषण संवेदनशिलकार्यक्रमहरु पनि संगसंगै सञ्चालनगर्नु अतिआवश्यक छ । पोषण संवेदनशीलकार्यक्रमभन्नाले कृषि र खाद्य सुरक्षा, सामाजिक सुरक्षा, वालविकास,मानसिक स्वास्थ्य, महिला सशक्तिकरण,पानी र सरसफाई,महिलाकोकार्यबोझमाकमी, घरवारी बगैचा, खाद्य सुरक्षा, सेवा र स्याहारकालागिप्रर्याप्त स्रोत व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामापहुँच, स्वच्छ तथा सफावातावरण, कृषितथाखाद्य सुरक्षाकार्यक्रम, सामाजिक सुरक्षा, प्रारम्भिकबालबिकास कार्यक्रम, मातृ मानसिक स्वास्थ्य, महिला सशक्तिकरण (अनौपचारिक शिक्षा, साक्षरताअभियान, आयमुलककार्यक्रम, आदि), बाल संरक्षण,बालमैत्रीविद्यालय÷क्लब,जनचेतनातथाशिक्षा, ढिलो गर्भ, पोषण तथा स्वास्थ्यशिक्षा, पोषण अन्तरक्रिया, विद्यालयमादिवाभोजन, आदिलाई बुझन सकिन्छ ।

 

पुस्तौ पुस्ताको न्यूनपोषण तोड्नकालागिमहिलाको जीवनचक्र भरी खाना,स्वास्थ्य र स्याहारको उचितध्यानदिनु जरुरी छ ।सह्रशताव्दीविकास लक्ष्यकोलक्ष्य४र५लेमातृ र शिशुको स्वास्थ्यलाई जसरी प्राथमिकतादिएको थियो त्यसैगरी दिगो विकास लक्ष्य(२०१५—२०३०) ले पनिपोषणलाई विषेश जोड दिएको पाईन्छ ।विषेश गरी यसको लक्ष्य २, ३, ५ र ६माखाद्य सुरक्षा, स्वस्थ्यकर जीवनको सुनिश्चतता, लैङ्गिक समानता,  खाने पानी र सरसफाईलाई बढी नै महत्वदिइएको पाइन्छ जुनपोषणसंग सम्बन्धित छन् ।

 

बिक्रम सम्वत२०७१ को राष्ट्रिय स्वास्थ्यनीतिलाई हेर्ने हो भने पनिखाद्य सुरक्षा,पोषण बगैचा,पोषण शिक्षा, स्थानिय स्तरको खानेकुरा प्रवद्र्धनलाई विशेष जोड दिएको पाइन्छ । यसका साथै सन् २०१४ मा इटलीमा भएको क्ष्ऋल्द्द सम्मेलनको दस्तावेजमा पनिदिगो विकास प्रणाली प्रवद्र्धन र खाद्य सुरक्षालाई विशेष जोड दिएको पाइन्छ । त्यसैकारण आजको दिनमामातृ तथापोषणमा सुधार गर्नकालागिउन्नत कृषिप्रविधि,कृषि र पशुजन्यउत्पादनमा वृद्धि,खाद्य संचयप्रशोधन र संरक्षण,उचित भण्डारण,बजार व्यवस्थापन,महिलाको कार्यवोझमाकमी, घरवारी बगैचा,विद्यालयबगैचा र करेसावारीको प्रवद्र्धनगर्नु अति जरुरी छ ।खाद्यप्रविधितथा गुण नियन्त्रण विभाग (२०६१) को प्रतिवेदनलाई हेर्ने हो भन,े हामीले प्रयोग गर्ने पोलिस गरिएको चामलभन्दा गाउँघरमापाईने जौ, फापर, कागुनो, कोदो, मकेैमापोषक तत्व बढी पाइने जनाइएको छ । त्यसैले हाम्रो जस्तो देशमा स्थानिय स्तरमाउपलव्धखाद्यान्नहरु (जस्तै चिनो, कागुनो, सिस्नो, ओखर, कोदो, फापर,फलफूलहरू) को उचितप्रवद्र्धन र उपयोग गर्नु जरुरी छ । शहरदेखिगाउँ सम्मप्रचलितप्याकेट तथाजङक फूडहरुलाई निरुत्साहितगर्नु अपरिहार्य छ ।साथैगाउँघरमा भेटिएका अतीकुपोषित बच्चाहरुलाई पोषण पुर्नस्थापना गृहमा राखीउपचार गर्नु जरुरी छ ।


सन् २००९ मातयार पारिएको पोषणको लेखाजोखा र खाचो बिश्लेषण ९ल्ब्न्ब्०प्रतिवेदनले मुलुकमापोषणको स्थितिमा सुधार ल्याउन सबै सरोकारवालाहरूको परिचालन र वहुक्षेत्रीय सहभागितामाजोड दिएको थियो । अहिलेको समयमास्वास्थ्य क्षेत्रले कार्यक्रम गरेर मात्रपोषण सुरक्षाहुननसक्ने महसुस गरिवहुक्षेत्रीयपोषण योजनालगायतकानीतिहरु तर्जुमा र कार्यान्वयनभइरहेका छन् ।साथै संयुक्त राष्ट्र संघले पनि २०१६ देखि २०२५ को दशकलाई पोषण दशक घोषणा गरेको छ ।

 

नेपाल जनसांख्यिकतथा स्वास्थ्य सर्वेक्षण २०११ लाई आधार मान्ने हो भने, १८ प्रतिशत सन्तानोत्पादनगर्ने उम्मेरकामहिलाहरु दुब्लावान्यून भरण पोषण भएका छन्भन,े यसै उम्मेरका १३ प्रतिशतमहिलाहरु अधिक भरण पोषण भएका छन । यस तथ्यांकले पोषणको दोहोरो बोझलाई दर्साउछ । नेपालको ठूलो जनसंख्या सुक्ष्म पोषक तत्वको अभाववाट ग्रसित छन । जसको कारण राष्ट्रले कुलग्राहस्थउत्पादनको २ देखि ३ प्रतिशत (२५करोड देखि ३७ करोड  डलर) सम्मक्षतिव्यहोर्नु परेको छ  (विश्वकै २०११) एक चौथाई वालवालिकालाई (२४ प्रतिशत) मात्रसिफारीस गरिएकाक्ष्थ्ऋँअभ्यास अनुसार (स्तनपान,चारै समूहको खानातथाउम्मेर र उचाईको आधारमान्युनतमखानाखाने दर) खुवाईन्छ ।


पोषण लक्षितकार्यक्रमलाई सहयोग गर्न र त्यसको क्षेत्र विस्तार गर्न पोषण संवेदनशीलकार्यक्रमले मद्दत गर्दछ । साथै बहुक्षेत्रीयपोषण योजनाअनुसार एकिकृत पोषणका कृयाकलापहरुलाई संस्थागतगर्न स्थानियविकासका योजनाहरुमापोषणका अन्तर वस्तुहरु राख्नपनिजरुरी छ ।हालै मात्रकालिकोटमा कुपोषित बालिकाको मृत्यु, मुगुमा ६१ प्रतिशतबालबालिकाकुपोषित जस्ता समाचारहरु सुन्नु नपरोस् भन्नकालागिपोषण लक्षितकार्यक्रम र पोषण संवेदनशीलकार्यक्रमहरुलाई संगसंगै प्रभावकारी रुपले सञ्चालनगर्नुका साथै सबै तह र तप्काबाट पोषण सुधारकालागिथपपहलगर्न जरुरी देखिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको