तपाईं यदी दैनिक ब्ययाम गर्नु हुन्न भने, प्रतेक दिन २० मिनेट सेक्स गर्नुस्

शुक्रबार, ०७ असोज २०७३

सहवास आनन्दका लागि मात्र होइन स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको पछिल्लो अध्ययनले देखाएको छ । अध्ययनबाट के पुष्टि भएको छ भने व्यायाम गर्दा सरीरलाई जति फाइदा हुन्छ सेक्सबाट पनि उत्ति नै फाइदा हुन्छ ।
 
 

सम्भोगका बेला एक सामान्य पुरुषले एक मिनेटमा ४.२ क्यालोरी तथा महिलाले ३.१ क्यालोरी उर्जा खपत गर्दछन् । लाइभ साइन्स मा छापिएको रिपोर्ट  सेक्सरसाईज ? Getting Busy Burns Calories, Study Finds अनुसार यौन सम्बन्धि अनुसन्धानकर्ता विलियम मास्टर तथा भर्जिनिया जोनसनले २१ जोडीमा यस्तो अध्ययन गरेका हुन् ।

सम्भोगका बेला महिला पुरुषमा मुटुको धड्कद प्रति मिनेट १ सय ८० सम्म पुग्ने गरेको छ । जबकी सामान्य खालको व्यायामका बेला मुटेको धड्कन ८५ देखि ११९ प्रतिमिनेट सम्म मात्र पुग्ने गर्छ । सेक्सका बेला हुने उर्जा खपत नाप्नका लागि शोधकर्ताहरुले यौनजोडीको हातमा विशेष उपकरण आर्मब्याण्ड लगाइदिएका थिए ।
अध्ययनमा संलग्न मानिसहरुलाई सेक्स गर्नुभन्दा पहिले एक महिनामा ४ पटक सम्म ३०-३० मिनेटको कडा व्यायाम गर्न लगाइएको थियो । त्यसपछि व्यायामका माध्यमबाट खपत हुने क्यालोरी तथा सम्भोगका बेला खपत हुने क्यालोरीबीच तुलना गरियो । एक जना पुरुषले एक पटकको सम्भोगमा औषतमा १०१ क्यालोरी उर्जा खपत गर्ने तथा महिलाले ६९ क्यालोरी उर्जा खपत गर्ने गरेका छन् । त्यसबाट शोधकर्ताहरुले निष्कर्ष निकाले की महिला र पुरुषले सम्भोग गर्दा कडा व्यायाम गरेजत्तिकै फाइदा उठाउँछन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको