पिता शब्दको अर्थ

शनिबार, १७ भदौ २०७४


साथी हो गफ गरौँ | शब्द प्रयोग गरौँ | शब्दको प्रयोग गर्दा , कसैले कसैलाई रोक्न सक्दैन ,तर त्यो प्रयोग ती शब्दहरुको मर्म बुझेर गरियोस भन्ने चाहना पूर्वीय दर्शनको पहिलो शर्त हो | वकवास गर्न हामी नेपालीहरु साह्रै माहिर छौं | हामी पोष्टहरुमा अनावश्यक छलफल नचाहिँदो गरी गर्दछौ | कति त नवुझिकन गर्दछौ | आज बाबुको मुख हेर्ने दिन | किन यो चाड मनाउन थालियो ? त्यस तर्फ हामी कसैले चासो गरेनौ | गर्न चाहेनौ | हेर्नोस , बुझ्ने प्रयाश गर्नोस , हाम्रो पूर्वीय दर्शनले पिता शब्दलाई कसरी प्रष्ट्याएको छ -



‘पा रक्षणे’ धातुबाट ‘पिता’ शब्द बन्दछ | त्यसैले " य: पाति स पिता’ " भन्ने गरिन्छ | अर्थात जसले रक्षा गर्दछ त्यो पिता हो | उहिले महर्षि यास्कले निरुक्ति गर्दै भने -’पिता पाता वा पालयिता वा’-नि. ४ । २१ । ”पिता-गोपिता”-नि. ६ । १५ पालक, पोषक र रक्षक पिता हुन |


पांच प्रकारका पिता


जनिता चोपनेता च यस्तु विद्यां प्रयच्छति।
अन्नदाता भयत्राता पंचैते पितर: स्मृता:।।


जन्म दिने ,यज्ञोपवीत आदि संस्कार गराईदिने , अध्यापक, अन्न दिने तथा भयबाट जोगाउने - यी पांचलाई पिता समान मानिन्छ |

अर्कोपनि ,


अन्नदाता भयत्राता, पत्नीतातस्तथैव च।
विद्यादाता, जन्मदाता पञ्चैते पितरो नृणाम।।


अर्थात पांच प्रकारका पिता भन्दा - हामीलाई ख्वाउने ,हाम्रो डर भगाउने (राजा ) पत्नीका बाबु (ससुरा ) , हामीलाई विद्दा दिने , हामीलाई जन्मदिने र संस्कार दिने भन्ने बुझु पर्दछ | जो बाबुका दाजु वा भाई हुन्छन ती तथा पिता का पनि बाबु यी बाबु सरह नै पूज्य हुने गर्दछन |

 


- प्रविण अधिकारी को फेसबुक वाल बाट साभार ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

के हो पितृ , श्राद्ध र सोह्र श्राद्ध ( हाम्रो संस्कृति र परम्परा राम्ररी चिन्नोस )

जीवन र मृत्यु दुवै यस ब्रह्माण्डका सत्य हुन् | यही सत्य स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ , उसको...

अन्तिम आलेख - अभागी भीष्म पितामह

भीष्म पितामह कुरू राजा शन्तनुका गङ्गा पट्टिका छोरा थिए जो प्रख्यात राजनीतिक एवं रणनीतिक शास्त्रज्ञ मानिन्थे | यिनी अष्टवसुहरु मध्ये...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको