स्तनपान गराउने महिलाले बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

मङ्गलबार, २० भदौ २०७४

 

जब तपाईं आमा बन्नुहुन्छ तब सधैं आफ्ना सन्तानको स्वास्थ्यबारे चिन्तित रहनुहुन्छ । स्तनपान गराउने धेरैजसो महिलाको समस्या पर्याप्त दुध नआउने हुन्छ । स्तनपान गराउने महिलाले केही यस्ता खानेकुराबारे ध्यान दिनुपर्छ जसले दुघ उत्पादनमा कमी ल्याउने गर्दछ । साथै, दुघ उत्पादनमा सहयोग पुर्याउने खानेकुरा नखाँदा पनि यसमा कमी आउने गर्दछ ।

 

पर्याप्त पानी नपिउँदाः

स्तनपान गराउने महिलाले पर्याप्त पानी नपिउँदा दुधको मात्रा घट्ने गर्दछ त्यसकारण तपार्ईं दिनभरी प्रशस्त मात्रामा पानी पिउनुहोस् ।

 

सन्तुलित आहार नखाँदाः

स्तनपान गराउने समय तपाईंको शरिर साधारण दिनभन्दा धेरै क्यालोरी बर्न हुने गर्दछ । त्यसकारण तपाईंले राम्रो र सन्तुलित भोजन खानैपर्छ ।

 

याे पनि पढ्नुहाेसःनियमित स्तनपानले घटाउछ मोटोपना !

 

गर्भ निरोधक औषधीको सेवनः

यदि तपाईं गर्भनिरोधक औषधीको सेवन गर्नुहुन्छ भने यस्ता औषधीले तपाईंको दुध उत्पादनमा बाधा पुर्याउँछ । स्तनपानको समयमा गर्भ निरोधक औषधीको प्रयोग गर्नुपूर्व डाक्टरको सल्लाह लिनुहोस् ।

 

रक्सी सेवन गर्दाः

स्तनपानको समयमा यदि तपाईं रक्सी सेवन गर्नुहुन्छ भने यो तपाईं र तपाईंको सन्तानका लागि खतरनाक हुन्छ । यसबाट बच्नुहोस् ।

याे पनि पढ्नुहाेसः यसकारण बग्छ महिलामा सेतो पानी

 

अत्यधिक कफी पिउँदाः

कफीमा अत्यधिक क्याफिन हुने गर्दछ जसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ । यदि तपाईंलाई कफी निक्कै मनपर्छ भने दिनमा एक कप कफीमा सिमित हुनुहोस् ।

 

स्तनपानका बेला माछा नखानुहोस्ः

स्तनपान गराइरहेका महिलाले माछा खानबाट बच्नुहोस् किनभने माछा गर्मी हुन्छ जुन तपाईंको सन्तानका लागि सही हुँदैन ।

 

याे पनि पढ्नुहाेसः गर्भावस्थासँग जोडिएका आठ वास्तविकता जसबारे कसैले कुरा गर्दैनन्

 

लसुन नखानुहोस्ः

स्तनपान गराउने महिलाले लसुनको सेवन नगर्दा नै राम्रो । लसुन आफ्नो बास्नाका लागि चिनिन्छ । यो खाँदा तपाईंको दुधबाट गन्ध आउन सक्छ जुन तपाईंको शिशुका लागि राम्रो मानिँदैन ।

 

अन्य केही सप्लिमेन्टबाट बच्नुहोस्ः

स्तानपानका बेला तपाईं कुनै पनि जडिबुटी वा कुनै औषधी खानुपूर्व डाक्टरको सल्लाह अवश्य लिनुहोस् । यसले तपाईंको दूधको उत्पादनलाई कम गर्न सक्छ ।

 

याे पनि पढ्नुहाेसः महिनावारीमा देखिने स्वास्थ्य समस्या र ध्यान दिनुपर्ने कुरा


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

गर्भावस्थामा किन कब्जियत हुन्छ ? यसरी छुटकारा पाउनुहोस्

गर्भावस्थामा कब्जियत हुनु साझा समस्या हो । कब्जियतकै कारण उनीहरुले निकै सास्ती भोगिरहेका हुन्छन् । दिसा गर्न मन भएपनि गाह्रो...

पाठेघरका मुखको क्यान्सर, कसरी, किन र कसलाई हुन्छ ?

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)बारे नेपालमा धेरै महिलालाई थाहा नहुन सक्छ । त्यसैले, रोग लागेको तेश्रो वा चौथो स्टेजमा मात्र...

यसरी बन्छ स्तन कसिलो

आकर्षक शरीरका आ-आफ्नै आधार होलान्। यहाँ यौन आकर्षणको सन्दर्भमा कस्तो शरीरलाई विशेष यौन आकर्षक मानिन्छ केही चर्चा गरौं। पुष्ट अधर,...

स्तन ठुलो बनाउने यस्तो छ घरेलु उपाय

तँपाई आफ्नो स्तनको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन । स्तनको बृद्धि विकास नहुँदा कयौ महिलाहरू...

सेतो पानी बग्छ यो समस्याबाट मुक्त हुन के गर्नुपर्ला ? के यौनसम्पर्कले यस्तो भएको हो ?

प्रश्न :म १९ वर्षीया युवती हुँ । मेरो नौ महिनाको छोरा छ । सुत्केरी भएको दुई महिनापछि यौनसम्पर्क भएको थियो...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको