बलात्कारी बाबाको हेडक्वार्टरको कर्फ्यू लगाएर खानतलासी, १० डोजर र ६ हजार सुरक्षाकर्मी

शुक्रबार, २३ भदौ २०७४

 

बलात्कारी बाबा राम रहीमको ‘हेडक्वार्टर’मा आज खानतलासी भइरहेको छ । यसका लागि ६ हजार जवान परिचालन गरिएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आसपास कफ्र्यु आदेश जारी गरिएको छ । आज बिहानदेखि यहाँ सर्च अपरेशन सुरु भएको हो । डेराको खाताको जाँच गर्नको लागि सय जना बैंकर बोलाइएका छन् ।

 

यहाँ तलाशीको लागि स्याटेलाइटको सहयोगमा नक्सा बनाइएको थियो । डेरामा ताला तोड्नको लागि २२ जना लोहर बोलाइएको छ । ३६ वटा टङेक्टर ट्रली, १० वटा जेसिबी डोजर परिचालन गरिएको छ । खानतलासीको भिडियो बनाउनका लागि ६० जना भिडियोग्राफर परिचालन गरिएका छन् । सुरक्षाको लागि प्यारामिलिट्री फोर्सको ४१ कम्पनी तैनाथ गरिएको छ । 
 

 

 

Source: DCnepal


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको