मेक्सिकोमा ८ रेक्टर स्केलको भूकम्प
शुक्रबार, २३ भदौ २०७४

एजेन्सी : उत्तर अमेरिकी देश मेक्सिकोमा ८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहीबार राति मेक्सिकोको पिजीजीपन शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिम टाढा प्रशान्त महासागरमा ७० किलोमिटर गहिराइ केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक संस्था 'यूएसजीएस'लाई उद्धृत गर्दै बीबीसीले खबर दिएको छ।
भूकम्पका कारण मेक्सिका साथै ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुआ, पनामा, होन्डुरस लगायतका देशमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पका कारण भवनहरु जोडले हल्लिएको र मानिसहरु सडकमा दौडिएको दृश्य देखिएको बीबीसीले खबर दिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइनसकेको बताइएको छ ।
यसअघि सन १९९५ र सन १९८५ मा पनि मेक्सिकोमा ८ म्याग्निच्यूडको भूकम्प गएको र जसले ठूलो धनजनको क्षति भएको बीबीसीले जनाएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्