प्रताप दास आउट हुने आज, एकाबिहानै यस्तो तस्विर लिक भयो – सप्रमाण तस्विर सहित

शुक्रबार, २३ भदौ २०७४

 

नेपाल आइडल गायन प्रतियोगिता भए पनि यसको चटक भने निकै गजबको भइसक्यो ।

एउटा टिभी कार्यक्रमलाई चाहिने भन्दा बढि महत्व दिएकाले यो कार्यक्रम अनेक विवादमा आइरह्यो । यहि कार्यक्रममा जातिय मुद्दा निकै उठ्यो । रामकृष्ण ढकालको प्रतिक्रिया पनि विवादमा पुग्यो ।

त्यस्तै टप ४ बाट एकजना बाहिरिनु पर्ने दिन निर्णायकहरुले पावर लगाउँदै कसैलाई पनि आउट गरेनन् । खासमा यो कसैलाई बचाउँने भन्दा पनि फाइनल तीन हप्ता पर भएकाले कार्यक्रमलाई थप लम्ब्याइएको मात्रै थियो तर भइदियो यस्तो कि टिभी कार्यक्रम टिभी बाहिर सोसल मिडिया हुँदै पुग्यो अदालतसम्म ।

 

अदालतले पनि अरु कुनै काम नै छैन भने जस्तो गरेर नेपाल आइडलको मुद्दा हतार हतार हेरिदियो र भन्दियो भोट नगन । त्यसैले आयोजकहरु थप विवादमा पर्न चाहेनन् । उनीहरुले यो हप्ता भोटिङ नै बन्द गराएर केवल कार्यक्रममात्रै प्रसारण गरे । अदालतको आदेशको सम्मान गर्दै अघिल्लो हप्ता भएको भोटिङकै आधारमा एक जना आउट हुने निर्णय गरे ।

 

प्रताप दासको दुर्भाग्य

अघिल्लो हप्ता र यो हप्ताको प्रस्तुति मात्र होइन, समग्र गायन प्रस्तुति हेर्दा प्रताप दास नेपाल आइडलका मुख्य दाबेदार नै हुन् तर उनलाई यो पुन: भोटिङ नगरिने निर्णय अफाब सिद्ध भएको छ ।

कार्यक्रम हेर्ने हो भने दुई हप्ता लगालग बुद्ध लामाले राम्रो गाएनन् । यसबाट उनी प्रति सहानुभुति राख्नेहरु निकै कम भएका थिए जसको सोझो फाइदा प्रताप दासलाई हुन सक्थ्यो तर अघिल्लै पटकको भोट गनिने भएकाले प्रताप दास आउट भएको जस्तो देखिएको छ । हुन त निकै अगाडी लगभग टप १२ प्रसारण भएका बेला एउटा भिडियो बाहिरिएको थियो जसले नेपाल आइडलको कुन चरणमा को बाहिरिन्छ भन्ने भविष्यवाणी गरेको थियो ।

त्यो भिडियोमा सुजाताको ठाउँमा प्रमिला र प्रमिलाको ठाउँमा सुजाता बाहेक अहिले सम्मका सबै भविष्यवाणीहरु मिलिरहेका छन् । सोही भिडियोमा टप ४ बाट प्रताप दास बाहिरिने पनि भविष्यवाणी गरेको छ ।

आज बिहान प्राप्त दुई तस्विरहरुले प्रताप दास बाहिरिने शंकालाई थप बल पुर्याएको छ ।

 

हेर्नुहोस् ति तस्विरहरु :

 

 

 

तस्विर लिनेका अनुसार यो तस्विर काठमाण्डौँको त्रिपुरेश्वर क्षेत्रमा खिचिएको हो ।

प्रताप दासको घर र यो तस्विरलाई लिएर अनुमान गर्दा पक्कै पनि यो तस्विर कार्यक्रमको रेकर्डिङ सकिएर प्रताप दासलाई घरतर्फ लैजादै गर्दाको तस्विर हो । यसले प्रताप दास आजको कार्यक्रमबाट बाहिरिएका छन् भन्ने कुराको थप पुष्टि गर्छ ।

 

Source: mygyanbigyan


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको