अग्रीम टिकट बुकिङ खुलाउन आनाकानी गर्ने यातायात व्यवसायीलाई सरकारले कारवाही गर्ने
शुक्रबार, २३ भदौ २०७४

काठमाडौं । दशैंका लागि अग्रीम टिकट बुकिङ खुलाउन आनाकानी गर्ने यातायात व्यवसायीलाई सरकारले कारवाही गर्ने भएको छ । पूर्व सहमित अनुसार यातायात व्यवसायीले अग्रीम टिकट खुलाउन आनाकानी गरेपछि यातायात व्यवस्था विभाग कडा रुपमा प्रस्तुत हुने भएको हो ।
यातायात व्यवसायीले अनावश्यक माग राखेको भन्दै पत्र काटेरै लिखित निर्देशन दिने तयारी गरेको छ । बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउन यसअघि नै व्यवसायी र यातायात व्यवस्था विभागबिच सहमती भए पनि उनीहरुले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग राख्दै आएका छन् । लिखित निर्देशन पछि पनि अटेर गरे जरिवानादेखि रुट इजाजत खारेजसम्म गर्ने निर्णय गरिएको विभागले जनाएको छ । विभागले कुनै पनि हालतमा छतमा यात्रु राख्न नदिने भन्दै त्यसो गरेको भेटिए इजाजत खारेज गरिदिने जनाएको छ ।
यस्तै शुक्रबारदेखि १० वटा अनुगमन टोली खटिएका छन् । अनुगमन टोलीले बढी भाडा लिए, सिटभन्दा बढी यात्रु राखे, गाडीको मोडल परिवर्तन गरेर चलाए र रुट इजाजत नलिइ चलाएको भेटिए कानुन अनुसार ५ हजार जरिवानादेखि इजाजत रद्दसम्म गर्ने छ ।
Source: News24
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्