पाँचसय बाढीपीडितलाई सामूहिक भोजन

शुक्रबार, २३ भदौ २०७४

 

सप्तरी । पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ ।

 

चार दिनदेखि निरन्तररुपमा आयोजना गरेको सामूहिक भोजन कार्यक्रममा मैनाकडेरीका ५०० जनालाई प्रत्येक दिन दैनिक बेलुकाको खाना खुवाइएको सो संस्थाले जनाएको छ ।

 

गत असार र साउनको अन्तिम सातामा वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण त्यहाँका ५०० घरपरिवार डुबानमा परेका थिए भने २०० जना परिवार विस्थापित भएका थिए ।

 

सो क्षेत्रमा पुनः बाढी आउने डरले एक महिनादेखि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन् ।

 

Source: NepalAaja


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको