मन्त्रीको गाडीले ठक्कर दिँदा एक घाइते
शुक्रबार, २३ भदौ २०७४

काठमाडौं- बानेश्वर चोकमा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको गाडीले ठक्कर दिँदा एक जना घाइते भएका छन्। मन्त्रीको बा १ झ ७१६३ नम्बरको गाडीले बा ४८ प ९२ ५० नम्बरको पल्सर वाइकलाई ठक्कर दिएको थियो। मन्त्रीको गाडीको ठक्करबाट वाइकको पछाडी बस्ने युवक घाइते भएका थिए। घाइते युवकको एभरेष्ट अस्पताल उपचार भइरहेको छ।
मन्त्रीको गाडीले ठक्कर दिएपछि आक्रोशित सर्वसाधारणले मन्त्रीको गाडी घरेका थिए। प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाउँदै मन्त्रीलाई अन्यत्र लगेको थियो। संसदमा कोरम नपुगेपछि मन्त्री विष्ट कोरम पुर्याउन हतार हतार संसदमा जाँदै गर्दा घटना घटेको हो।
Source: NagarikNews
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्