यौन शक्ति बढाउन सबैभन्दा उपयोगी र स्वस्थ्यकर मानिन्छ यार्सागुम्बा, जो नेपालमै पाइन्छ

आइतबार, २५ भदौ २०७४

 

काठमाडौं । संसारमा पाइने १०० बढी प्रजातिका यार्सागुम्बा दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमै पाइने ३ प्रकारका यार्सागुम्बापनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । वनस्पतिविज्ञका अनुसार नेपालमा पाइने यार्सागुम्बामध्ये कोर्डिसेप्स सिइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम वनस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बामा पनि कोर्डिसेप्स सिइनेन्सिस मात्र औषधिको रूपमा प्रयोग गरिन्छ ।

 

हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रूपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकमा उल्लेख भएको पाइन्छ । तर यसलाई औषधिको रूपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन ।

उसका अनुसार यसबाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धूलो बनाई खाने गरिन्छ ।

कतिपय मानिसले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्छन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्छ भन्ने विश्वास गर्छन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । वैज्ञानिक तथा वनस्पति विज्ञको भनाइअनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ वर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्छ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिक चीनमा खुला रूपमा बिक्री गरिन्छ ।

हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटे भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउन उपयोग गरिने बताउँछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउँछन् ।

 

त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार अलिकति, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउँछन् साथै उल्लिखित मात्राभन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् । एजेन्सी


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको