युद्धका लागि उत्तर कोरियाको खतरनाक तयारी, भेटिए शक्तिशाली आक्रमण थेग्न सक्ने सुरुङ

आइतबार, २५ भदौ २०७४

 

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङले अमेरिका र अमेरिकाका सहयोगी देशमा युद्धको तयारी थालेको खुलासा भएको छ। 

युद्धको तयारीका लागि किम जोङले देशमा ८४ वटा भयानक सुरुङ मार्ग निर्माण गर्न आदेश समेत दिएका छन्। उक्त सुरुङमार्गमा न्यूक्लियर बम आक्रमण हुँदा समेत मानिसको ज्यान सुरक्षित हुने आकलन गरिएको त्यहाँको अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 


दक्षिण कोरियाका सञ्चारमाध्यमका अनुसार किमले आफ्ना बफादार सहयोगीका लागि समेत पियङ्याङ्मा गोप्य सुरुङ बनाएर राखेका छन्। उत्तर कोरियामा यस्ता थुप्रै सुरुङको निर्माण गरिएको छ। जुनमा न्यूक्लियर बम आक्रमण हुँदा समेत सुरक्षित हुन सकिने विश्लेषकको तर्क छ। 

पछिल्लो समय दक्षिण कोरियाका प्रहरीले उत्तर कोरियाका ४ वटा भयानक सुरुङ पत्ता लगाएका छन्। उक्त सुरुङ एकदमै आधुनिक भयानक रहेको बताइएको छ। जसबाट १ घण्टामा करिब ३० हजार प्रहरी जवान देशमा तैनाथ हुन सकिने बताइएको छ। 

उक्त सुरुङ ८३ मिटर लामो तथा भित्र पानीको पाइपको व्यवस्था समेत गरिएको छ। उक्त सुरुङबाट रातमै उत्तर कोरियाका प्रहरी दक्षिण कोरियामा घुस्न सक्ने बताइएको छ। उक्त सुरुङमा गाडी समेत गुड्न मिल्ने छ।      


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको