बोकाको मूल्य नी तिन लाख ! अचम्म मान्दै हेर्नेको भिड !

मङ्गलबार, २७ भदौ २०७४

 

बैतडीका एक युवाले दैनिक अढाई सय ग्राम मासु बढ्ने बोअर जातको बोका ३ लाखमा किनेका छन्। बैतडीको दशरथचन्द नगरपालिका वार्ड नं. ५ का युवा जगदीश भट्टलले अस्ट्रेलियन बोयर जातको बोको बैतडी पुगाएका हुन्। ३ लाखको बोको हेर्न गाउँदेखिका मान्छेहरु भट्टको घरमा भीड लाग्ने गरेका छन्। बाख्रापालनको क्षेत्रमा केही नयाँ गर्ने उद्देश्यले तीन वर्ष विदेश बसेर फर्किएका भट्टले आफू र छिमेकी किसानहरुको बाख्रा पालनमा व्यवसायिकता ल्याउने र नस्ल सुधार गर्ने दाबी गरेका छन्। ‘विदेशमा मात्रै होइन आफ्नै देशमा पनि व्यावसायिक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘छिमेकीहरुलाई पनि व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गर्न राम्रो नश्लको बोका लिएर आएँ।’ बोकाबाट स्थानीय जातको बाख्रा क्रस गराएर नस्ल सुधार गर्ने र त्यसपछि सामान्य अवस्थाभन्दा दोब्बर उत्पादन बढ्ने भट्टको भनाइ छ। बोअर जातको खसीको मासु स्थानीय जातको भन्दा दैनिक दोब्बरले बढ्ने गर्छ। ४७ किलो तौल भएको उक्त बोका अस्ट्रेलियाबाट बैतडी पुर्‍याउँदा साढे तीन लाख खर्च भएको भट्टले बताए। ‘विदेशबाट घरसम्म पु¥याउँदा साढे तीन लाख खर्च भएको छ।’ उनले भने।

 

कम्प्युटर इन्जिनियररिङ पढेर बाख्रापालनमा काठमाडौंमा कम्प्युटर इन्जिनियररिङ पढेर तीन वर्ष जापान बस्नु भएका भट्टले ३५ वटा स्थानीय जातका बाख्रा पालन गरेका छन्। बाख्राहरुका लागि उनले पाँच लाख खर्च गरेर काठको आधुनिक खोरसमेत निर्माण गरेका छन्। गाउँमा नौलो किसिमको बाख्राको खोर र निकै महँगो विदेशी बोका देखेपछि उद्योग वाणिज्य संघ, कृषि तथा पशु कार्यालय लगायतका प्रतिनिधिसमेत उक्त बोका हेर्न भट्टको घर पुगेका छन्। विदेशमा गएर व्यवसायिक बाख्रापालनको अध्ययन गरेर आएका भट्टले बाख्रापालन फस्टाउन खोरमा थप एक लाख खर्च गरेर संगीत बजाउने प्रविधिको व्यवस्था गर्न लागिएको बताए। ‘बाख्र्रापालनबारे जापान र अस्ट्रेलिया गएर अध्ययन गर्न पाएँ,’ उनले भने, ‘अब खोरमा संगीत बजाएर बाख्राको छिटो वृद्धिविकास गर्ने तयारी गर्दैछु।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको