मरेपछि पनि फेसबुक चलाउन सकिन्छ आफसेआफ एकाउन्ट डिलिट गर्न सकिन्छ यसरी हेर्नुहोस

बुधबार, २८ भदौ २०७४

 

यहाँ हामीले फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाइको मृत्युसँग जोडिएको छ । यदी तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाइको एकाउन्ट अपडेट भईरहोस् ? यदी त्यसो हो भने सेटिङ्ग मार्फत तपाइँले मिलाउन सक्नुहुन्छ । त्यस्तै मरेपछि तपाइँ आफ्नो फेसबुक स्थाई रुपमै डिलिट गर्न चाहनुहुन्छ भने पनि सेटिङ्ग मार्फत मिलाउन सक्नुहुन्छ । यस्ता सेटिसिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ । आउनुहोस् साझा सबाल टिप्स अन्तर्गत आज तपाइँलाई हामी त्यस्तो सेटिङ्ग मिलाउने तरिकाबारे जानकारी दिनेछौं ।

 

मरेपछी पनि तपाइँको फेसबुक चलिरहन्छ
यदी तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहनुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ । त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ । अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।


मरेपछि तपाइको फेसबुक आफसेआफ डिलीट हुन्छ
यदि तपाइँ मरेपछि आफ्नो फेसबुक पनि डिलिट गर्न चाहनु हुन्छ भने तपाई Facebook एकाउन्टको Setting मा जानुहोस् । यहाँ तपाइले Manage Account अन्तर्गत legacy contact को अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गरेर तल्लोपट्टि Request Account Deletion देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । अब Delete After Death अप्सनमा क्लिक गर्नुहोस् । त्यसमा तपाइँ मरेपछि फेसबुकले तपाइको फेसबुकनै डिलिट गरिदिन्छ ।


तपाई मरेको कसरी थाहा पाउँछ फेसबुकले ?
तपाई मरेपछि फेसबुकले आफै थाहा पाउने होइन । तपाइँ मरेको जानकारी कसैमार्फत फेसबुकले पाउँछ तब फेसबुकले तपाइँले गरेको सेटिंगलाई आधार मानि तपाइँको फेसबुकलाई स्थाई रुपमै डिलिट गर्दिन्छ । फेसबुक डिलेट भएपछी तपाइँले हाल्नुभएको सबै कुरा फेसबुकबाट आफै डिलेट हुन्छ ।
स्रोत:साझा सवाल बाट


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको