कतै तपाई मैनबत्ती निभाएर त आफ्नो जन्मदिन मनाउनुहुन्न ? सावधान रहनुहोस् !

बुधबार, २८ भदौ २०७४

 

जन्मदिनमा केक काट्नु साधारण हो । केक काट्नुभन्दा अघि बालिएको मैनबत्तीलाई फुकेर निभाउने प्रचलन पनि छ । तर विज्ञहरुले यस्तो बानी भएकालाई चेतावनी दिएका छन् । यूएसको क्लेम्सन युनिभर्सिटीका फूड सेफ्टी प्रोफेसर पल डावसनले अनुसन्धानमार्फत यो कुरा पुष्टि गरेका छन् कि फुकेर मैनबत्ती निभाउँदा १,४०० प्रतिशत ब्याक्टेरिया केकमा जम्मा हुने गर्दछ । यदि कोही मानिसलाई पहिलेदेखि नै थुप्रै स्वास्थ्य समस्या छ भने केकमार्फत् अन्य व्यक्तिसम्म पुग्न सक्छ ।

 

कसरी भयो अनुसन्धान ?

डावसनले यो अनुसन्धानका लागि सबैभनदा पहिले केकमाथि एल्यूमिनियम फोयल बिछ्याए । त्यसमाथि मैनबत्ती राखे र त्ससलाई फुकेर निभाउन आग्रह गरे । त्यसपछि जब उनले उक्त फाइलको ल्याब टेस्ट गरे तब यसमा थुप्रै ब्याक्टेरिया जमेको पाए ।

 

यस्ता ब्याक्टेरियायुक्त केक खाँदा शरिरलाई हुने हानीबारे यहाँ कुरा गरिएको छ :

१. शरिरमा संक्रमण फैलिनसक्छ ।

२. एलर्जी हुनसक्छ ।

३. ज्वरो आउन सक्छ ।

४. मुखभित्रको छालामा समस्या हुनसक्छ ।

५. टाउको दुखाईको समस्या हुनसक्छ ।

६. गलामा संक्रमणको समस्या हुनसक्छ ।

७. चर्मरोग हुनसक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको