केरा खानुहोस् फाइदै फाइदा
बुधबार, २८ भदौ २०७४

हड्डी बलियो
हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ ।
डिप्रेसनबाट मुक्त
डिप्रेसनबाट पीडित बनेका अधिकांशले आफूलाई केरा खाएपछि धेरै राम्रो हुने गरेको बताएका थिए । यसको एउटै कारण छ, केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट धेरै हदैसम्म मुक्ति दिलाउँछ । तसर्थ, केरा र खुसीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
पीएमएस
मासिक धर्मअगाडि पेट दुख्ने र निराश हुने समस्याबाट आजित हुनुहुन्छ भने पिल्स होइन बरु एउटा केरा खानुहोस् । केरामा हुने भिटामिन बी ६ ले ब्लड ग्लुकोजको तहलाई नियन्त्रण गर्छ । तपाईंको मुड सकारात्मक बन्छ ।
एनेमिया
उच्च आइरनयुक्त केराले शरीरमा हेमोग्लोबिनको उत्पादनमा वृद्धि गर्ने र एनेमियाको समस्याबाट मुक्त बनाउँछ ।
रक्तचापको समाधान
उष्ण प्रदेशमा अत्यधिक पाइने केरामा पोटासको मात्र अत्यधिक भए पनि नुनको मात्रा भने न्यून हुन्छ । त्यसका कारण उच्च रक्तचापको समस्या समाधान गर्न सघाउँछ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले केरामा उच्च रक्तचाप र स्ट्रोकको समस्या घटाउने क्षमता हुने जनाएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्