भुलेर पनि यस्ता मान्छेलाई नमस्कार गर्नु हुँदैन

बुधबार, २८ भदौ २०७४

 

हामी धर्ममा विश्वास राख्छौं भने धर्मले ब्याख्या गरेका कुराहरुलाई पनि मान्नै पर्ने हुन्छ । नारद पुराणको अनुसार केहि यस्तो विषय लेखिएको छ, जो कोहि पनि नजिक आए भने दुई हात जोडेर नमस्कार गर्नु हुँदैन । यसको मतलव नमस्कार गर्दा पनि विचार पुर्याएर गर्नुपर्ने हुन्छ ।

 

धर्म बिज्ञानलाई विश्वास गर्नेहरुले भने अनुसार जे कुरा गलत हुन्छ त्यो गलत गर्नेलाई मानिसले सम्मान गरिदिँदा त्यसको असर कालान्तर सम्म पर्छ । पाप गर्नेहरुलाई नमस्ते गर्दा उसको खराव कामको दोष नमस्ते गर्नेलाई समेत सर्छ भन्ने गरिन्छ । भगवानको अगाडी नमस्ते गर्दा शुभ-शुभ हुने विश्वास गरिन्छ भने नराम्रालाई नमस्ते गर्दा अशुभ नै हुने बताइन्छ ।

जस्तै: नास्तिक (भगवान नमान्ने) वा चोरहरुलाई नमस्ते गर्नु हुँदैन । अपमान गर्दा पाप आफै नास हुने विश्वास छ । त्यसैले जानी-जानी नराम्रा मानिसलाई पनि नमस्कार गरिन्छ भने त्यसलाई राम्रो मानिन्न तर अन्जानमा यदी यस्तो भएको हो भने खासै असर पर्दैन । त्यस्ता व्यक्ति जो इमान्दार छ, जसले अरुको भलो सोच्छ त्यस्तालाई नमस्ते गर्दा धर्म हुन्छ भने जसले अरुलाई ढोका दिन्छ, जसको मनमा असल चरित्र छैन त्यस्तालाई नमस्ते गर्दा आफै दोष उत्पन्न हुन्छ र पापको सृजना हुन्छ । यदी कुनै व्यक्ति भ्रष्टाचारी वा चोर हो भन्ने तपाइँलाई थाहा छ तर जानी-जानी त्यस्तालाई नमस्कार गर्नुहुन्छ भने तपाइँलाई अशुभ हुन्छ ।

त्यस्तै जो व्यक्ति वान्ता गरिरहेको छ वा सुतिरहेको अवस्थामा छ भने त्यस्ता व्यक्तिलाई पनि नमस्ते गर्नु अशुभ मानिन्छ । त्यस्तै रजश्वला भएकी महिलालाई नमस्कार गर्दा अशुभ हुन्छ । यसैगरि श्राद्ध, व्रत, दान, पुजा, यज्ञ वा तर्पण गरेको अवस्थामा पनि नमस्ते गर्नु राम्रो मानिन्न ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको