महिलाको प्रजनन् स्वास्थ्य अधिकारमा पहुँच हुनुपर्नेमा वक्ताहरुको जोड

शुक्रबार, ३० भदौ २०७४

 
 
व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका अध्यक्ष रञ्जु कुमारी झाले महिलाको सशक्तीकरण र समग्र विकासका लागि नेपालको संविधान प्रदत्त अधिकार अनुसार प्रत्येक महिलाको प्रजनन् स्वास्थ्य अधिकारमा पहुँच हुनुपर्ने बताएकी छिन् ।
 
‘सेन्टर फर रिप्रोडक्टिभ राईट्स को सामाजिक लेखाजोखा कार्यक्रमहमा बोल्दै उनले महिला स्वास्थ्यमा लगानि बढाउनुपर्नेमा जोड दिइन् ।कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेश प्रताप के.सी ले नेपालमा महिलाको प्रजनन् स्वास्थ्य अधिकारलाई संवैधानिक अधिकारको रुपमा स्थापित गर्न सेन्टर फर रिप्रोडक्टिभ राईट्स् ले नेतृत्वदायी भूमिका खेलेको बताए ।
 
साथै महाशाखालाई आवश्यक परेको बेलामा सेन्टरले प्राथमिकताका साथ निरन्तर सहयोग र सहकार्य गर्दै आईरहेको पनि बताए । अभियान नेपाल लगायतका संघसंस्थाहरुसँगको साझेदारीमा यस संस्थाले काम गरिरहेको छ ।यो संस्थाले सन् २०१२ मा नेपाल सरकारको स्विकृतीमा काठमाण्डौंमा स्थापना भई महिलाको प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि अत्यावश्यक प्रसुति सेवा, गर्भनिरोधक, सुरक्षित गर्भपतन, बालविवाहको अन्त्य लगायतका क्षेत्रमा यस संस्थाले कानूनी पैरवी गरिरहेको बताउँदै आएको छ ।

Source: HamroDoctor


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको