के तपाईमा सेतो पानी बग्ने समस्या छ ? यसरी हटाउनुहोस्

शनिबार, ३१ भदौ २०७४

आस्था श्रेष्ठ
स्त्रीरोग विशेषज्ञ

सेतो पानी बग्ने समस्या धेरै महिलामा देखिन्छ । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा सेतो पानी बग्ने समस्या सुरु हुन्छ । कतिपयले लाजका कारण समस्या लुकाउँदा अन्य विभिन्न रोग लाग्न सक्छ ।

यौनसम्पर्कबाट योनिमा संक्रमण भयो भने गनाउने हुन्छ । योनिबाट पिपजस्तो सेतो पदार्थ बग्छ र माछाजस्तो गनाउने पानी बग्छ ।


यौनसम्पर्कविना पनि योनिमा सेतो पानी बग्ने समस्या हुन्छ । यौनसम्पर्कविना पाठेघरमा दुई किसिमले संक्रमण हुन्छ, डायबेटिज भएको महिलामा हुने संक्रमण र गर्भवती महिलामा हुने संक्रमण । डायबेटिज भएको महिलामा रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले सेतो पानी बग्ने समस्या हुन्छ ।

योनि धेरै सफा गर्दा पनि पानी बग्ने समस्या हुन्छ । धेरै सफा गर्दा शरीरलाई चाहिने कीटाणु हटाउँछ र योनिमा ढुसी आउँछ ।
श्रीमान्लाई यौनरोग लागेको छ भने श्रीमान्सँगको यौनसम्पर्कपछि पनि योनिमा संक्रमण बढ्छ । योनिमा हुने विभिन्न संक्रमणले सेतो पानी बग्ने हुन्छ ।

 

बच्ने उपाय
निरन्तर योनि सफा गर्नुपर्छ । अन्डरवेयर दिनदिनै चेन्ज गर्नुपर्छ । योनिलाई साबुनले धुनु हुँदैन । सफा पानीले धुनुपर्छ । साबुनले धुँदा योनि सुक्खा हुन्छ र चिलाउने हुन्छ ।

बिहे नगरेका महिलामा पानी बग्यो भने खासै आत्तिनु पर्दैन । महिनावारी हुने पाँच दिनअगाडि र महिनावारी भएको १४ दिनको दिन पानी धेरै बग्छ । तर, यो बिस्तारै कम हुँदै जान्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको