लगातार २ छक्कासँगै नेपाल उपाधी जित्दै एशिया कपका लागि छनौट

आइतबार, ०१ असोज २०७४

 

मलेसियामा जारी १९ वर्षमुनीको एसिया कपको उपाधी नेपालले जितेको छ । उपाधि जितेसँगै नेपाल आगामी नोभेम्बरमा मलेसियामा हुने १९ बर्षमुनिको एसिया कपका लागि छनौट भएको छ ।

 

नेपालले आज फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्यो । हङकङले दिएको ७७ रनको सामान्य लक्ष्य पुरा गर्न नेपालले ५ विकेट खर्चनु पर्यो । नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपाललाई जिताउन दिपेन्द्रसिंह ऐरीले २१, अनिल कुमार साहले १६, दिपेन्द्र सुनार ८, र आरिफ सेखले १ रनको योगदान गरे । प्रनित थापाले लगातार दुई छक्का हान्दै नेपाललाई एशिया कमको बाटो देखाए । उनले दुई छक्का र एक चौका हान्दै १९ रनमा अविजित रहे भने सुमित महर्जन शुन्य रनमा आउट भए ।

 

यसअघि मलेसियाको किन्रारा ओभलमा टस जितेर नेपालले फिल्डिङ्ग रोजेको थियो । नेपाली बलरले आज पनि उत्कृष्ट प्रदर्शन गरे । टस हारे व्याटिङमा उत्रिएको हङकङ ३२.१ ओभरमा ७६ रन जोड्दा अल आउट भयो ।

नेपालका लागी सन्दीप लामिछाने र सहाव आलमले समान ३–३ विकेट लिए । यस्तै अनिल कुमार शाह र दिपेन्द्र कुमार ऐरीले समान एक–एक विकेट लिए ।

हङकङका लागी हरप्रित सिंहले २०, जथाभेदले १६ र वाक्स खानले १५ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

 

प्रतियोगितामा नेपालको बलिङ्ग र व्याटिङ्ग उत्कृष्ट देखिएको छ । नेपाल प्रतियोगिताको अपराजित टोली हो । आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो भने हङकङले सिंगापुरलाई पराजित गर्यो ।

एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलिया टोलिको सहभागिता हुनेछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ क्रिकेटको सेमिफाइनलमा

शतप्रतिशत जितका साथ समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको समूह...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको