राती राम्रोसँग निन्द्रा लाग्दैन ? आजै अपनाउनुस् यी तरिका
आइतबार, ०१ असोज २०७४

बिहान फ्रेश महसुस गर्नका लागि राती मिठो निन्द्रा लाग्न अत्यावश्यक छ । मानिसहरु सुत्नका लागि बेडमा पल्टिएपनि निकै बेरसम्म सुत्ने कसरत गरिरहेका हुन्छन् । यदि तपाईं पनि यहि सूचीमा पर्नुहुन्छ भने यी सजिलो तरिका अपनाएर मज्जाले निदाउन सक्नुहुन्छ ।
नियमित योग गर्नुहोस्ः
योग गर्दा शरिरले आराम पाउँछ । साथै यसले तनाव पनि कम गर्दछ जसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग पुर्याउँछ ।
राती चिया वा कफी नपिउनुहोस्ः
राती चिया वा कफी नपिउनुहोस् । यी दुबै पेय पदार्थमा यस्ता तत्व पाइन्छन् जसले उत्तेजना बढाउँछ र निन्द्रा गायब गरिदिन्छ ।
सुत्ने र उठ्ने समय निश्चित गर्नुहोस्ः
सुत्ने र उठ्ने समय निश्चित गर्दा पनि मिठो निन्द्रा लाग्ने गर्दछ । यसका लागि अलार्म लगाएर सुत्नुहोस् ।
अबेरसम्म नउठ्नुहोस्ः
धेरै मानिसहरु बेडमा सुतेर फोनमा व्यस्त हुने गर्दछन् जसका कारण उनीहरु राती अबेरसम्म जागा हुने बानी पर्दछ । यदि तपाईं पनि यस्तै गरिरहनु भएको छ भने यो बानी आजैदेखि त्याग्नुहोस् ।
सुत्नुअघि टिभी नहेर्नुहोस्ः
धेरै मानिसहरु सुत्नुभन्दा अघि टेलिभिजन हेर्ने गर्दछन् । यस्तो बानीले पनि निन्द्रा बिथोल्ने गर्दछ । सकेसम्म यो बानीलाई छोड्नुहोस् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
यी कारणले पनि निन्द्रा लाग्दैन
प्राय मानिस निन्द्रासँग सम्बन्धित समस्याबाट पीडित हुने गरेको पाइन्छ । निन्द्रा नलाग्दा टाउको भारी हने र शरिर आलस्य हुने गर्छ...
निन्द्रा लाग्दैन? ६० सेकेण्डमै निदाउन यस्तो गर्नुहोस्
अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा. एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्, जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा...
अनिन्द्रा किन हुन्छ, यसबाट कसरी बच्ने ?
एउटा मानिसलाई कति निन्द्राको आवश्यकता पर्दछ भन्ने बारे जानकारी हुनु अत्यावश्यक छ । कसैलाई ८, ९ घण्टासम्म निद्राको आवश्यकता पर्छ...
निन्द्रा खल्बलिन्छ ? यसरी पाउनुहोस् गहिरो निन्द्रा
राती राम्ररी निन्द्रा नलाग्नु एउटा साझा समस्या हो, जुन दशा धेरैले झेलिरहेका हुन्छन् । राम्ररी निन्द्रा नलागेकै कारण ‘स्लिपिङ ट्याब्लेट’...
निन्द्रा नपुग्दा के हुन्छ ?
के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई...
मिठो निन्द्रा निदाउन चाहनुहन्छ ? यसो गर्नुहोस्
दिनभरीको काम र ब्यस्त जिवनीले गर्दा बेलुका हाम्रो शरिर निक्कै थाकेको हुन्छ । तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो...